२०८१ माघ ८ मंगलवार

काठमाडौं । नेपाल मेडिसिटी अस्पताल र यति एयरलाइन्स तथा तारा एयरले एयरक्राफ्टमार्पmत् बिरामी उद्धारमा सहकार्य गरेका छन् । अस्पतालका महाप्रबन्धक विजय रिमाल र एयरलाइन्सका प्रशासन प्रमुख अञ्जन बड््गामीले उक्त सहकार्यको सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको छ । हाल देशमा हेलिकप्टरबाट तथा चार्टर्ड फ्लाइटबाट बिरामीलाई स्थानान्तरण गर्ने गरिएकोमा अब यति एयरलाइन्स तथा तारा एयरले नियमित एयरलिफ्ट एम्बुलेन्स सेवा उपलब्ध गराउनेछन् । यस्तो व्यवस्थाले बिरामीलाई रात्रीकालीन उद्धार उडान गर्नसमेत सहज हुने बताइएको छ ।

मेडिसिटीले बिरामीलार्ई हवाई तथा ग्राउन्ड एम्बुलेन्समार्पmत् आकस्मिक तथा उद्धार सेवा प्रदान गर्दै आएकोमा यतिसँगको सहकार्यले सेवा थप विस्तारित हुने अस्पतालका महाप्रबन्धक विजय रिमालले बताउनुभएको छ । रिमालका अनुसार अस्पतालद्वारा एयरलाइन्सका उडान दल तथा विभिन्न स्थानका ग्राउन्ड ह्यान्डलिङ कर्मचारीलाई प्रि–हस्पिटल केयर अर्थात् अस्पताल पुग्नुअघिको प्राथमिक उपचार र आकस्मिक उद्धारका विषयमा प्रशिक्षण प्रदान गरिनेछ ।

यति एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार सहकार्यले उडान सेवा उपलब्ध हुने स्थानबाट आकस्मिक उपचार तथा एयरलिफ्ट गरी थप उपचारका लागि आवश्यक हुने बिरामीलाई आवश्यकताअनुसार जुनसुकै समयमा विमानलाई तुरुन्तै एयर एम्बुलेन्समा परिणत गरी विशेष सेवा उपलब्ध हुनेछ । आकस्मिक उद्धारका लागि ग्रामीण क्षेत्रमा समेत यतिको सेवाबाट सहज तथा सहुलियत सेवा प्रदान गर्ने अवसर सिर्जना हुने यतिले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय