२०८१ फाल्गुन १ बिहीबार

काठमाडौं । गत आर्थिक वर्ष २०७७/७८ मा मुलुकमा विभिन्न शीर्षकमा १८३ उद्योग स्थापनाका लागि प्रत्यक्ष वैदेशिक लगानीमार्फत ४९ अर्बभन्दा बढी लगानी भित्रिएको छ । उद्योग विभागका अनुसार गत असार मसान्तसम्ममा ऊर्जा, पर्यटन, कृषि, सेवा, उत्पादनमूलक गरी उक्त संख्याका उद्योग स्थापनाका लागि भन्दै कुल ४९ अर्ब २४ करोड १५ लाख रुपैयाँ स्वीकृत भएको हो । प्रस्तावित उद्योगहरू सञ्चालनमा आउँदा ५ हजार ८३३ जनाले रोजगारी पाउने उल्लेख गरिएको छ ।

अघिल्लो आर्थिक वर्ष २०७६/७७ मा ऊर्जा कृषि, पर्यटन, सेवा, कृषि लगायत शीर्षकमा २२३ वटा उद्योग स्थापनाका लागि विदेशी लगानीकर्ताले कुल ५० अर्ब ७४ करोड ९३ लाख रुपैयाँ बराबरको विदेशी लगानी विभागबाट स्वीकृत गराएका थिए । सो संख्यामा उद्योग स्थापना हुँदा १० हजार ८३९ जनाले रोजगारी पाउने बताइएको थियो । दुवै आर्थिक वर्षमा भित्रिएको लगानीमध्ये ऊर्जा क्षेत्रमा सबैभन्दा बढी देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय