२०८१ माघ २ बुधबार

काठमाडौं । बैंकिङ प्रणालीमा तरलताको अवस्थामा सहजता हुन थालेको छ । आर्थिक वर्षको अन्त्यतिर खर्च बढेपछि बैंकिङ प्रणालीमा तरलता केही सहज अवस्थामा पुगेको हो । सोमबार सम्म बैंकिङ प्रणालीमा ८७ अर्ब तरलता रहेको नेपाल राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले बताएका छन । आर्थिक वर्षको अन्त्यमा बिकास खर्च सक्न अन्धाधुन्द खर्च गर्ने क्रम बढेपछि तरलतामा सुधार देखिन थालेको हो ।
यद्यपि गत आर्थिक वर्षको अन्त्यमा २ खर्ब भन्दा बढी तरलता रहेको बैंकिङ प्रणाली यो वर्ष खासै तरलता त्यो रुपमा बढन सकेको छैन । वैशाख मध्येबाट सुरु भएको करिब डेढ महिनाको निषेधाज्ञा र त्यसपछि पनि बैंकहरूले क्लोजिङलाई मध्येनजर गर्दै लगानीकर्तालाई प्राथमिकतामा राख्न नसकेपछि बैंकिङ प्रणालीमा उल्लेख्य रूपमा तरलता बढ्न सकेको देखिदैन । आर्थिक वर्षको अन्त्यमा आयकर तिर्नुपर्ने भएकाले साउन पहिलो साता प्रणालीमा भएको तरलता थप घट्न सक्ने आकलन गरिको छ ।

यस्तो अवस्थामा नयाँ सरकार आएको र ओली सरकारले अध्यादेशबाट ल्याएको बजेट कार्यान्वयन हुने नहुने अन्यौलको अवस्था देखिएको छ । कोभिड भ्याक्सिन आउने क्रम जारी रहेको कारण विस्तारै चार्डपर्वका लागि आयात बढ्ने हुँदा साउनबाट कर्जाको माग बढ्नसक्ने आकलन गरिएको छ ।
नागरिकले भ्याक्सिन लगाउँदै गएको अवस्थामा अब आर्थिक गतिविधि बढ्दै जाँदा आर्थिक पुनरुउत्थानका लागि आवश्यक तरलता बैंकिङ प्रणालीमा अभाव हुने संभावना पनि देखिएको छ । सोही कारण बैंकरदेखि उद्योगी व्यवसायीले पनि आगामी मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले तरलता बढाउनेमा केन्द्रित हुनुपर्ने सुझाव दिइरहेका छन् ।

चालु मौद्रिक नीतिले नै अनिवार्य नगद मौज्दात घटाउनेदेखि सीसीडी बढाएर बजारमा तरलता बढाउने नीति लिएको राष्ट्र बैंकलाई आगामी आर्थिक वर्षमा भने वित्तीय स्थायित्वका लागि थप चुनौतीको समान गर्नुपर्ने देखिएको छ । करिब १ खर्ब पुनर्कर्जा दिनेसक्ने अवस्थामा राष्ट्र बैंक छ । तर सरकारले समयमा बजेट खर्च गरेर बजारमा नगद प्रवाह बढाउन सकेन भने बैंकिङ प्रणालीलाई केही दबाव पर्ने देखिएको छ ।
असार १ बाट नै निक्षेपको ब्याजदर बढाएका बैंकहरूले निक्षेप तान्नका लागि थप ब्याजदर बढाउने अवस्था छ । प्रणालीमा केही तरलता बढेपनि अहिले पनि बैंकहररूले राष्ट्र बैंकबाट ५ प्रतिशत ब्याजदरमा ‘एसएलएफ’ लिइरहेका छन् । गत शुक्रबारसम्म पनि बैंकहरूले १५ अर्ब भन्दा माथि ‘एसएलएफ’ रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय