२०८२ माघ २८ बुधबार

काठमाडौं – नेपाल धितोपत्र बोर्डले चुक्ता पुँजी २० करोड भएका धितोपत्र दाल व्यवसायीहरुले मार्जिन कारोबार सुविधा लगानीकर्तालाई दिने बाटो खोलिदिएको छ। बोर्डले मंगलबार मार्जिन कारोबार सुविधासम्बन्धी निर्देशिका, २०८२ जारी गर्दै न्यूनतम चुक्तापुँजी पुर्‍याएका दलालहहरुले मार्जिन सविधा प्रदान गर्न पाउने व्यवस्था गरेको हो।

हाल नेपालमा ९० वटा ब्रोकर कम्पनीहरु छन्। जसमा ३० वटा ब्रोकरकम्पनीहरुले अझै चुक्तापुँजी न्यूनतम सीमामा ल्याउन सकेका छैनन्। बाँकीले ६० वटाले भने पुर्‍याइसकेका छन्। नयाँ निर्देशिका अनुसार तीन ३० वटा ब्रोकरले भने मार्जिन कारोबार गर्न नपाउने भएका हुन्। उनीहरुलाई निर्देशिकाले मार्जिन कारोबारका लागि अयोग्य मानेको हो।

बोर्डले चुक्ता पुँजीको न्यूनतम सीमा पुर्‍याउन चैत मसान्तसम्मको समय दिएको छ। उक्त सीमामा न्यूनतम पुँजी पुर्‍याएको खण्डमा भने उक्त कम्पनीहरुले यो सुविधा प्रयोग गर्न पाउनेछन्। निर्देशिकाले चुक्ता पुँजी न्यूनतम २० करोड रुपैयाँ भएका, राफसाफ सदस्यता प्राप्त गरेका धितोपत्र दलाल व्यवसायीहरुको मार्जिन कारोबारका लागि योग्य मानेको छ।

निर्देशिकाले कस्ता कम्पनीहरुको कारोबारमा मार्जिन सुविधा दिने भन्ने पनि स्पष्ट पारेको छ। जस अनुसार धितोपत्र दलाल कम्पनीहरुले सूचीकृत संगठित संस्थाहरुमध्ये कम्तीमा २५ लाख कित्ता सर्वसाधारण सेयर सूचीकरण भएको, नेटवर्थ चुक्ता पुँजी बराबर वा सोभन्दा बढी भएको, पछिल्लो तीन वर्षमा दुई वर्ष खुद नाफा गरेको र आईपीओ निष्काशन गरेर उक्त सेयर सूचीकरण भएको कम्तीमा दुई वर्ष पूरा भएका कम्पनीहरुको कारोबार गर्न लगानीकर्तालाई मार्जिन सुविधा दिनसक्ने व्यवस्था गरेको हो।

निर्देशिका अनुसार योग्य धितोपत्र दालाल कम्पनीहरुले लगानीकर्तालाई सेयरमा लगानी गर्नका लागि आफ्नो प्रमाणित नेटवर्थको पाँच गुणासम्म मार्जिन सुविधा उपलब्ध गराउन सक्नेछन् भने एकाघरका सदस्य वा सम्बद्ध संस्थाहरुलाई भने कुल मार्जिन सुविधाको १० प्रतिशतमात्रै सुविधा उपलब्ध गराउन सकिनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर