२०८१ माघ २९ मंगलवार

काठमाडौं । नेपाल उद्योग परिसंघले आर्थिक गतिविधि सञ्चाल गर्न कोरोना विरुद्धको खोप छिटो भन्दा छिटो उपलब्ध गराउन सरकारलाई आग्रह गरेको छ ।

आगामी मौद्रिक नीतिका बारेमा नेपाल राष्ट्र बैंकलाई सुझाव दिँदै परिसंघका अध्यक्ष शतिशकुमार मोरले जतिसक्दो छिटो खोप लगाउने त्यति नै छिटो आर्थिक गतिविधि सञ्चालमा आउने बताउनुभयो ।

आगामी आर्थिक वर्षको बजेटमार्फत ऊर्जा, कृषि, स्टार्टअप लगायतका क्षेत्रमा दिइएका सुविधा तत्काल कार्यान्वयन गर्ने गरी मौद्रिक नीतिमार्फत् स्पष्ट व्यवस्था गर्न परिसंघले माग गरेको छ। मेक इन नेपाललाई सहयोग पुग्नेगरी मौद्रिक नीति ल्याउन आफूहरुले सुझाव दिएको उहाँले बताउनुभयो ।

कोभिडबाट अति प्रभावित पर्यटन तथा हवाई उड्डयन क्षेत्रमा प्रवाहित कर्जाको ब्याजदरलाई ५ प्रतिशतमा सिमित राखिनुपर्ने माग पनि परिसंघले गरेको छ।

परिसंघले आगामी आर्थिक वर्षको मौद्रिक नीतिले कर्जाको ब्याजदरलाई एकल अंकमै राख्नु पर्ने, ऋणको पुनर्तालिकीकरण गर्ने, पुनर्कर्जा सहुलियत दरमा उपलब्ध गराउने व्यवस्था गरिनुपर्नमा जोड दिदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय