काठमाडाैं । सरकारले राष्ट्रिय कर दिवस २०८२ का अवसरमा गत आर्थिक वर्षमा सर्वाधिक कर तिर्ने करदातालाई सम्मान गरेको छ। अर्थमन्त्री रामेश्वर खनालले विभिन्न १६ विधामा सर्वाधिक कर तिर्ने कम्पनी तथा व्यक्तिलाई सम्मान प्रदान गरेका हुन्। यस वर्ष कर दिवस ‘कर प्रणालीको सार, लगानीको आधार’ नारासहित मंसिर १ देखि ७ गतेसम्म मनाइएको छ।
सर्वाधिक कर तिर्ने कम्पनी/संस्था यसप्रकार रहेका छन्:
सबैभन्दा बढी आयकर (निकाय): नेपाल दूरसञ्चार प्राधिकरण
एकलौटी फर्म: थाइ आइ इन्टरनेशनल
बस्तुगत: डावर नेपाल
सूचना प्रविधि: भेरिक्स नेपाल प्रा.लि.
निर्यात कारोबार: डाबर नेपाल प्रा.लि.
कृषि/पशुजन्य: पोषक ब्रिडर
बैंक/वित्तीय संस्था: नेपाल इन्भेष्टमेन्ट बैंक
स्वास्थ्य/शिक्षा: नोबेल मेडिकल कलेज
पर्यटन: सोल्टी होटल
अन्य विधामा सम्मानित:
वस्तु व्यापार: भाटभटेनी सुपरमार्केट
मध्यस्तरीय करदाता: सिडियस एण्ड क्लियरिङ् लिमिटेड
ऊर्जा: भोटेकोसी पावर कम्पनी
रेमिटेन्स: आइएमई
व्यक्तिगत आयकर: राजबहादुर साह
मुअक समयमा कर तिर्ने: नेपाल दूरसञ्चार कम्पनी लिमिटेड
५० करोड भन्दा बढी कारोबार गर्ने: भिएफ सर्भिसेज
विशेष उद्योग: युनिलिभर नेपाल
सरकारको यो पहलले करको महत्वप्रति जनचेतना फैलाउने र लगानी तथा आर्थिक विकासमा सकारात्मक योगदान पुर्याउने अपेक्षा गरिएको छ।















