काठमाडौं – चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो दुई महिना साउन र भदौमा डिजिटल भुक्तानी कारोबारमा उलेख्य वृद्धि देखिएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार समीक्षा अवधिमा डेविट कार्ड प्रयोगकर्ताहरूले १ करोड ८ लाख (कारोबार सङ्ख्या) कारोबारमार्फत ८७ अर्ब ३२ करोड रुपैयाँ बराबरको भुक्तानी कारोबार गरेका छन्।
त्यसैगरी, मोबाइल बैंकिङ्गअन्तर्गत ६ करोड २५ लाख कारोबारबाट ४ खर्ब ६८ अर्ब १५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । सो अवधिमा क्यु–आर कोड भुक्तानीअन्तर्गत ४ करोड १० लाख वटा कारोबारमार्फत १ खर्ब १ अर्ब २३ करोड कारोबार भएकाे छ ।















