२०८२ मंसिर १३ शनिबार

काठमाडौं – अमेरिकी केन्द्रिय बैंकले नीतिगत दर ०.२५ प्रतिशत बिन्दूका दरले घटाएको छ । यो निर्णय मुद्रास्फीतिको डरभन्दा पनि रोजगारी बजार कमजोर हुँदै गएको चिन्ताका कारण गरिएको बीबीसीले जनाएको छ । बुधवार फेडले आफ्नो नयाँ दर ३.७५ देखि ४ प्रतिशत बीचमा निर्धारण गरेको छ ।

अमेरिकी सरकार बन्द (सटडाउन) भएको झन्डै एक महिना बितिसक्दा पनि सरकारी तथ्यांक सार्वजनिक हुन नसकेका कारण आर्थिक अवस्थाबारे फेडका अधिकारीहरू ‘अनुमानमै’ निर्भर रहेको अर्थशास्त्रीहरूले बीबीसीसँग भनेका छन् ।

गत महिनामात्र फेडले डिसेम्बरपछि पहिलोपटक ब्याजदर घटाएको थियो । अर्थशास्त्रीहरूले यसले आगामी महिनाहरूमा थप दर घटाउने क्रम सुरु गर्ने अपेक्षा गरेका थिए । तर, हाल सरकारी तथ्यांक अभावका कारण आगामी नीतिगत निर्णयहरू स्पष्ट हुन नसकेको बताइएको छ ।

फेड कमिटीमा दुई सदस्यहरू भने यो निर्णयको विपक्षमा थिए । राष्ट्रपति डोनाल्ड ट्रम्पका आर्थिक सल्लाहकार परिषद्का प्रमुखका स्टिफन मिरानले ब्याजदरलाई अझै बढी ०.५ प्रतिशत बिन्दुले घटाउनुपर्छ भन्ने मत दिएका थिए। भने कान्सास सिटी फेडरल रिजर्भ बैंकका अध्यक्ष जेफ्री स्मिडले भने ब्याजदर यथास्थितिमा राख्नुपर्ने मत राखेका थिए ।

यो पछिल्लो निर्णयसँगै अमेरिकी केन्द्रीय बैंकले ब्याजदर तीन वर्षयताकै न्यून बिन्दूमा झारेको छ । सेप्टेम्बरदेखि रोजगारी दर सुस्त भएपछि फेडले पुनः ब्याजदर घटाउने चक्र सुरु गरेको हो।

बुधबार जारी नीतिगत वक्तव्यमा फेडले भनेको छ, ‘यो वर्ष रोजगारी वृद्धिदर सुस्त छ र बेरोजगारी दर न्यून भए पनि अहिले केही बढेको देखिएको छ।’ ब्याजदर घटाएपछि पत्रकार सम्मेलनमा फेडका अध्यक्ष जेरोम पाउवेलले अमेरिकाको श्रम बजार अहिलेको तुलनामा शिथिल भएको बताए। उनले आप्रवासन घट्नुलाई प्रमुख कारण मानेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय