२०८२ फाल्गुन २९ शुक्रबार

काठमाडौं – दसैँमा आन्तरिक हवाई यात्रामा पूर्ण भाडादरमा उडान भइरहेका छन्। एयरलाइन्स कम्पनीहरूले फूल फेयर (पूर्ण भाडा) मा टिकट बिक्री गरिरहेका छन्। सामान्यत: काठमाडौं-भैरहवा उडानमा यात्रुले ५ हजार २ सय रूपैयाँ तिरे पुग्ने गर्दथे। तर असोज १३ गते फुलपातीको दिन सोही रुटमा टिकट लिन ८ हजार रूपैयाँभन्दा बढी तिर्नुपर्ने देखिएको छ।

बुद्ध एयरले काठमाडौं-भैरहवा रुटमा ८ हजार ८२ रूपैयाँ, यति एयरलाइन्सले ८ हजार ४ सय ५५ रूपैयाँ र श्री एयरलाइन्सले ८ हजार ४ सय ५० रूपैयाँ तोकेका छन्।

यस्तै अन्य गन्तव्यतर्फको भाडा पनि पूर्ण भाडादरमा रहेको छ। काठमाडौं-पोखरा रुटमा ६ हजार ३ सयदेखि ६ हजार ६ सय रूपैयाँ, काठमाडौं-भद्रपुरमा ९ हजार ९ सयदेखि १२ हजार रुपैयाँ, काठमाडौं-धनगढीमा ११ हजार ६ सयदेखि १३ हजार रुपैयाँ, काठमाडौं-नेपालगञ्जमा करिब १३ हजार रुपैयाँ, र काठमाडौं-जनकपुरमा करिब ५ हजार ५ सय रुपैयाँमा टिकट बिक्री भइरहेको छ।

भरिभराउ बुकिङ र उडान चाप

दसैँतर्फ यात्रुको ठूलो चाप परेको एयरलाइन्सहरूले जनाएका छन्। भरतपुर, सुर्खेत, तुम्लिङटार, भैरहवाजस्ता गन्तव्यमा टिकट पाउन मुस्किल भएको छ। यति एयरलाइन्सको अकुपेन्सी असोज १२ गतेसम्म ९९ प्रतिशत पुगेको छ। यात्रुको चापका कारण कम्पनीले काठमाडौं-भैरहवा रुटमा बुधबारदेखि थप उडान सुरु गरेको छ।

श्री एयरलाइन्सका अनुसार दसैँअघि सबै बुकिङ लगभग सकिएको छ भने अकुपेन्सी शतप्रतिशत पुगेको छ। नारायणगढ-मुग्लिन सडकखण्ड जोखिमपूर्ण भएकाले धेरै यात्रुहरू हवाई मार्ग रोज्न थालेको एयरलाइन्सले जनाएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर