२०८२ फाल्गुन २९ शुक्रबार

काठमाडौं । ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित, र सहज बैंकिङ्ग सुविधा उपलब्ध गराउँदै आएको महालक्ष्मी विकास बैंकले इन्डियन चेम्बर अफ कमर्स, कोलकत्ता, भारतको प्रतिष्ठित अवार्डबाट सम्मान प्राप्त गरेको छ। बैंकले “सम्पत्ति गुणस्तर” विधामा उत्कृष्ट कामको मान्यता पाएको हो।

अवार्ड समारोह अगस्ट २९, २०२५ मा नयाँ दिल्लीमा आयोजित “तेस्रो इर्मजिङ्ग एसिया बैंकिङ्ग कनक्लेभ एण्ड अवार्ड्स” कार्यक्रममा प्रदान गरिएको थियो। कार्यक्रममा भारत, श्रीलंका, नेपाल, म्यानमार, र बंगलादेशका बैंकहरुको सहभागिता रहेको थियो। महालक्ष्मी विकास बैंकले सम्पत्तिको संरचना, प्रभावकारी परिचालन, र गुणस्तर सुधारमा गरेको उल्लेखनीय कार्यका कारण यस सम्मानको हकदार भएको जनाएको छ। बैंकले यस उपलब्धिले अन्तर्राष्ट्रिय स्तरमा आफ्नो पहिचान अझ स्थापित हुने विश्वास लिएको छ।

यस्तै, बैंकले हालै भारतको अग्रणी वित्तीय संस्था एच.डी.एफ.सी बैंकसँग सीमापार वित्तीय सेवाको प्रवद्र्धन र नेपालमा भुक्तानी सुविधा सञ्चालन गर्न समझदारी गरेको छ। यस समझदारी अन्तर्गत ग्राहकहरुले भारतबाट नेपालमा सजिलै भुक्तानी गर्न सक्ने प्रणाली सुरु गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर