२०८२ असार २९ आईतवार

काठमाडौं । वाणिज्य बैंकहरुको ब्याजदर निरन्तर घट्दो क्रममा रहेको छ । वैशाखमा वाणिज्य बैंकहरुको कर्जाको औसत ब्याजदर ८.११ प्रतिशतमा आएको छ।

चालु वर्ष चैतमा यस्तो ब्याजदर ८.२२ प्रतिशत थियो। पोहोर वैशाखमा बैंकहरुको कर्जाको औसत ब्याजदर १०.३४ प्रतिशत थियो। पछिल्लो एक वर्षमा बैंकहरुको कर्जाकै ब्याजदर २.२३ प्रतिशत विन्दुले घटेको हो।

बैंकहरुको आधारदर ६.१७ प्रतिशतमा आएको छ। गत वर्ष वैशाखमा वाणिज्य बैंकको आधारदर औसतमा ८.३४ प्रतिशत थियो। चैतमा यस्तो दर ६.२९ प्रतिशत थियो।

बैंकहरुको निक्षेपको औसत ब्याजदर ४.३७ प्रतिशतमा आएको छ। पोहोर १० महिनामा वाणिज्य बैंकको निक्षेपको ब्याज औसतमा ६.३५ प्रतिशत थियो। चैतमा निक्षेपको औसत ब्याज ४.४५ प्रतिशत थियो। बैंकहरुले साढे तीन वर्षदेखि निरन्तर निक्षेपको ब्याज घटाउँदा कर्जाको ब्याज सस्तिएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय