
काठमाडौं । एनएमबी बैंक र हिल्टन काठमाडौंबीच एनएमबी बैंकका कर्मचारी र ग्राहकलाई विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ । सम्झौताअनुसार एनएमबी बैंकका ग्राहकले हिल्टन काठमाडौंमा एनएमबी बैंकको कार्ड (डेबिट, क्रेडिट, प्लाटिनम क्रेडिट कार्ड) र मोबाइल बैंकिङबाट रकम भुक्तानी गर्दा १५ प्रतिशतसम्म आकर्षक छुट पाउनेछन् ।
उक्त सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारको यात्रामा उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ । बैंकले डिजिटल बैंकिङ प्रयोग र ग्राहकलाई डिजिटल माध्यमबाट भुक्तानीका लागि प्रोत्साहन गर्न समय–समयमा यस्ता ग्राहकमैत्री दिगो सुविधाहरू सञ्चालनमा ल्याउँदै आएको छ ।