२०८२ असार ३ मंगलवार

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कका नवनियुक्त गभर्नर डा विश्वनाथ पौडेलले पदभार ग्रहण गर्नुभएको छ । बालुवाटारस्थित बैङ्कको कार्यालयमा बुधबार पदभार गर्नुहुँदै उहाँले बैङ्क तथा वित्तीय संस्थाको सुपरिवेक्षणलाई प्राथमिकता दिएर अघि बढ्ने बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले केबल नियम बनाएर मात्र हुँदैन सुपरिवेक्षणलाई पनि बढाउनुपर्छ । त्यस्तै कर्जाको गुणस्तर बढाउने कुरालाई पनि जोड दिनेछौँ, । ”

त्यस्तै, सरकारको वित्त नीतिलाई सघाउने गरी मौद्रिक नीतिका व्यवस्था अबलम्बन गर्ने पनि गभर्नर डा. पौडेलले बताउनुभयो । त्यस्तै राष्ट्र बैङ्कका नीति निर्णय गर्दा विभिन्न सरोकारवालासँग पर्याप्त छलफल गर्ने पनि उहाँले उल्लेख गर्नुभयो ।

त्यस्तै, राष्ट्र बैङ्कको स्वायत्तता कायम गर्नका लागी राष्ट्र बैङ्क ऐनअनुसार काम गर्ने पनि गभर्नर डा. पौडेलको भनाइ छ । डा. पौडेलले आजै सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसँग गभर्नर पदको तथा गोपनीयताको सपथ ग्रहण गर्नुभएको थियो । त्यसलगत्तै उहाँले उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग अर्थमन्त्रालयमा भेटवार्ता गर्नुभएको थियो ।

नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर विश्वनाथ पौडेलले पाँच सय र १ हजारका नयाँ नोट छपाई गर्ने निर्णय गरेका छन् । नेपाल राष्ट्र बैंकमा पुगेर पदभार ग्रहण गर्दै उनले पहिलो निर्णय स्वरुप नयाँ नोट छपाई गर्ने निर्णयमा हस्ताक्षर गरेका हुन् ।

पदभार ग्रहणपछि उनले मौद्रिक नीति र वित्त नीति अलग विषय रहेको बताए । मौद्रिक नीति सरकारको वित्त नीतिको सहायक होइन, यो छुट्टै स्वतन्त्र नीति हो तर सरकारको वित्त नीति कार्यान्वयनमा मौद्रिक नीतिले केही अवरोध गरेको छ भने यसलाई परिमार्जन गर्दै जाने उनले बताए ।

गभर्नरका अर्का आकांक्षी राष्ट्र बैंककै कार्यकारी निर्देशक गुणाकर भट्टले दिएको राजीनामा स्वीकृतिको विषय भने आन्तरिक भएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय