२०८३ बैशाख ५ शनिबार

काठमाडौँ । भारत सरकारले नेपाललाई थप ६ सय मेगावाट विद्युत् दिन अनुमति प्रदान गरेको छ । भारतले मुजफ्फरपुर-ढल्केबर लाइनबाट थप ६ सय मेगावाट विद्युत् दिन अनुमति प्रदान गरेको हो ।

यसअघि भारतले मुजफ्फरपुर-ढल्केबर लाइनबाट बिहान ६ देखि साँझ ५ बजेसम्म मात्रै नेपाललाई विद्युत् प्रदान गर्दै आएको थियो । इन्डियन इनर्जी एक्सजेञ्जबाट थप ६ सय मेगावाट विद्युत दिने स्वीकृत भएपछि अब उद्योगमा भएको विद्युत् कटौतीमा कमी आउने प्राधिकरणले जनाएको छ ।

हाल भारतबाट दैनिक १५ घण्टा विद्युत् आयात भइरहेको छ। थप ६ सय मेगावाट विद्युत् आयात हुनुभन्दा पहिले १२ घण्टा मात्रै भारतबाट विद्युत् आयात भइरहेको थियो । अब भने दैनिक १५ घण्टा विद्युत् आयात हुने भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर