२०८२ जेष्ठ १० शनिबार

काठमाडाैं । चैतमा वाणिज्य बैंकहरुले लगानी बढाएका छन् । चैतमा ६३ अर्ब ९० करोड रुपैयाँ कर्जा विस्तार गरेका हुन् । चैतमा ग्लोबल आइएमई बैंकले सबैभन्दा धेरै ९ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ। यस्तै राष्ट्रिय वाणिज्य बैंकले ७ अर्ब ९० करोड, नबिल बैंकले ७ अर्ब १० करोड, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ५ अर्ब ६० करोड र स्ट्यान्डर्ड चार्टर्ड बैंकले ५ अर्ब १० करोड कर्जा प्रवाह गरेका छन्।

चैतमा माछापुच्छ्रे बैंकले सबैभन्दा कम १ अर्ब १० करोड कर्जा प्रवाह गरेको छ। प्रभु, कुमारी र एनआइसी एसिया बैंकको ऋण लगानी भने घटेको छ। कुमारी बैंकको ३ अर्ब ५० करोड, एनआइसी एसियाको १ अर्ब ४० करोड र प्रभु बैंकको ५० करोड रुपैयाँले कर्जा लगानी खुम्चिएको हो। चैतमा बैंकहरुबाट प्रवाह भएको कर्जामध्ये ३६ प्रतिशत अर्थात २३ अर्ब रुपैयाँ अन्तिम दिन अर्थात चैत ३१ गते गएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय