२०८२ बैशाख ११ बिहीबार

काठमाडौं – एक बैंकले अर्को बैंक तथा वित्तीय संस्थासँग गर्ने कारोबार (अन्तर बैंक कारोबार) मा गिरावट देखिएको छ । चालु आर्थिक वर्ष २०८१/८२ को पछिल्लो आठ महिना (फागुनसम्म) १२ खर्ब ९३ अर्ब ९ करोडको अन्तर–बैंक कारोबार काराेबार गरेका छन् ।

अघिल्लो वर्षको सोही अवधिमा बैंकहरूले ३१ खर्ब ८९ अर्ब ३५ करोडको अन्तर बैंक कारोबार गरेका थिए । समिक्षा अवधिमा वाणिज्य बैंकहरुको ११ खर्ब ६२ अर्ब ७१ करोड र अन्य वित्तीय संस्थाहरु (वाणिज्य बैंकहरुबीच बाहेक) को १ खर्ब ३० अर्ब ३८ करोड गरी कुल १२ खर्ब ९३ अर्ब ९ करोडको अन्तर–बैंक कारोबार भएको छ ।

अघिल्लो वर्षको सोही अवधिमा वाणिज्य बैंकहरुको २८ खर्ब ९४ अर्ब ९४ करोड र अन्य वित्तीय संस्थाहरुको २९ खर्ब ४ अर्ब ४१ करोड गरी कुल ३१ खर्ब ८९ अर्ब ३५ करोडको अन्तर बैंक कारोबार भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर