२०८२ बैशाख ११ बिहीबार

काठमाडौं – चालु आर्थिक वर्ष २०८१/०८२ को आठ महिनामा करिब २२ अर्ब रुपैयाँका स्मार्टफोन आयात भएका छन् । भन्सार विभागको तथ्यांकअनुसार आठ महिनामा २१ अर्ब ९१ करोड ८३ लाख ६० हजार रुपैयाँ बराबरका १४ लाख ७ हजार ७८ स्मार्टफोन आयात गरिएको हो । यसबाट सरकारले चार अर्ब ८ करोड ५१ लाख ८३ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।

फागुनमसान्तसम्म एक अर्ब ५२ करोड ५८ लाख ९५ हजार रुपैयाँ बराबरका १६ लाख ९ हजार ९७ वटा अन्य मोबाइल एवं वायरलेस सञ्चारका उपकरण भित्र्याइएको छ । यसबाट सरकारले २८ करोड ३८ लाख ९३ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर