२०८२ बैशाख ५ शुक्रबार

काठमाडाैं । चालु आर्थिक वर्षको ७ महिनामा बैंक तथा वित्तिय संस्थाबाट निजी क्षेत्रमा २ खर्ब ८३ अर्ब ४६ करोड रूपैयाँँ कर्जा प्रवाह भएकाे छ । गत आर्थिक वर्षको साेहि अवधिमा बैंक तथा वित्तिय संस्थाबाट निजी क्षेत्रमा १ खर्ब ९७ अर्ब २१ कराेड रूपैयाँ कर्जा प्रवाह भएकाे थियाे । वार्षिक बिन्दुगत आधारमा २०८१ माघ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ७.३ प्रतिशतले बढेको छ ।

यस अवधिमा निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरुको कर्जा प्रवाह ५.९ प्रतिशतले, विकास बैंकहरुको ३.१ प्रतिशतले र वित्त कम्पनीहरुको कर्जा प्रवाह ५.२ प्रतिशतले बढेको छ ।

२०८१ माघ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहेको कर्जा मध्ये आयात कर्जा(ट्रष्ट रिसिट) कर्जा १ खर्ब ४० अर्ब ३९ कराेड अर्थात ६९.५ प्रतिशतले बढेकाे छ । मार्जिन प्रकृतिकाे कर्जा(सेयर कर्जा) १ खर्ब १५ अर्ब ११ कराेड अर्थात २७.७ प्रतिशतले बढेकाे छ ।

यस्तै यस अवधिमा औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा ८ खर्ब ९६ अर्ब ७० कराेड अर्थात ९.५ प्रतिशत, निर्माण क्षेत्रकाे कर्जा २ खर्ब २६ अर्ब ७७ कराेड अर्थात ९ प्रतिशत, सेवा क्षेत्रकाे कर्जा ४ खर्ब ६३ अर्ब ४३ कराेड अर्थात ७ प्रतिशत, यातायात, सञ्चार, सार्वजनिक सेवा क्षेत्रकाे कर्जा ४ खर्ब ४० अर्ब २६ कराेड अर्थात ६.७ प्रतिशत, उपभाेग क्षेत्रकाे कर्जा १० खर्ब ७३ अर्ब ८१ कराेड अर्थात ५.९ प्रतिशत, थाेक तथा खुद्रा व्यापार क्षेत्रकाे कर्जा १० खर्ब ४३ अर्ब ८७ कराेड अर्थात ४.४ प्रतिशत, सवारी साधन(हायर पर्चेज) क्षेत्रकाे कर्जा १ खर्ब २९ अर्ब ६९ कराेड अर्थात ४.५ प्रतिशत र रियल स्टेट क्षेत्रकाे कर्जा २ खर्ब ७६ अर्ब ८६ कराेड अर्थात ३.३ प्रतिशतले बढेकाे छ । यस अवधिमा कृषि क्षेत्रमा प्रवाह हुने कर्जामा कुनै वृद्धि देखिएकाे छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय