२०८२ बैशाख ५ शुक्रबार

काठमाडौं – चालु आर्थिक वर्षको पुस मसान्तसम्म आइपुग्दा नप्सेमा सूचीकृत १२ जीवन बिमा कम्पनीहरुले समग्रमा ३ अर्ब २५ करोड ७६ लाख ३१ हजार रुपैयाँ खुद नाफा कमाएका छन् । यो गत वर्षको यसैअवधिको तुलनामा १५.१५ प्रतिशत बढी हो । यी कम्पनीहरुको खुद बिमा शुल्क र लगानी तथा कर्जाबाट हुने आम्दानी बढेसँगै खुद नाफा पनि बढेको हो । जीवन बिमा कम्पनीहरुको खुद बिमा शुल्क आर्जन १३. ३५ प्रतिशतले बढेर ७३ अर्ब ५४ करोड ३१ लाख ६ हजार रुपैयाँ पुगेको छ । त्यस्तै, लगानी तथा कर्जाबाट २७ अर्ब ५४ करोड ३१ लाख ९८ हजार रुपैयाँ आम्दानी गरेका छन् ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा नेप्सेमा सूचीकृत १२ जीवन बिमा कम्पनीहरुको समग्र चुक्ता पुँजी ५९ अर्ब ७२ करोड ३३ लाख ३० हजार रुपैयाँ रहेको छ । ६ महिनामा यी कम्पनीहरुको चुक्ता पुँजी २.४० प्रतिशतले बढेको हो । असार मसान्तसम्ममा १२ जीवन बिमा कम्पनीहरुको चुक्ता पुँजी ५८ अर्ब ३२ करोड २४ लाख ९८ हजार रुपैयाँ थियो ।

सबैभन्दा धेरै चुक्ता पुँजी नेपाल लाइफ इन्सुरेन्सको रहेको छ । यस अवधिमा यसको चुक्ता पुँजी ८ अर्ब २० करोड ७९ लाख ६६ हजार रुपैयाँ रहेको छ । त्यस्तै, हिमालयन लाइफको चुक्ता पुँजी ८ अर्ब २ करोड रुपैयाँ छ । ६ महिनामा ३ कम्पनीको चुक्ता पुँजी बढेको छ भने अरु कम्पनीको असार महिनाकै यथावत रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय