२०८१ चैत्र १४ बिहीबार

काठमाडौ । नेपाल वायुसेवा निगमले ६३ औ बार्षिकोत्सव मनाएको छ । सो अवसरमा महाप्रवन्धक डिम प्रसाद पौडेलले बीस वर्षे सेवा अवधि पुरा गरेका चारजना कर्मचारीलाई पदक र सम्मानपत्र प्रदान गरेका थिए । दीर्घसेवा पदक पाउनेमा वरिष्ठ पाइलटहरु नरबहादुर विश्वकर्मा, राजेश कुशवाहा, संजय वैद्य र उज्जल सिलवाल रहेका छन ।

महाप्रवन्धक पौडेलले निगमका कर्मचारीले कठिन घडीमा पनि देश र जनताको लागि उल्लेखनीय सेवा दिएकोमा सरहाना गर्दे भविष्यमा आइपर्ने समस्यामा डटेर योगदान पु¥याउने विश्वास व्यक्त गरे । विगतमा आर्जन गरको प्रतिष्ठामा केही धुमिल अवस्था देखिएको भन्दै महाप्रवन्धक पोडेलले त्यसका लागि आन्तरिक मात्र नभै बाह्य कारणको पनि भूमिका रहेको बताए ।

महँगो ब्याजको ऋण, महँगो हवाई इन्धन र देश प्रतिकूल विमान किन्नु परेका कारण निगमले दोष बोक्नु परेको चर्चा गर्दै निगमको प्रयासमा हवाई इन्धनको मूल्य घटाउन सकिएको कारण वित्तीय प्रवाहमा महत्वपूर्ण मद्दत पुग्ने बताए ।

कोभिडका कारण उड्डयन क्षेत्र संकटमा परेको अवस्थामा निगमले व्यहोरेको वर्तमान र दीर्घकालिन वित्तीय असरको आकलन गर्दै अगाडि बढ्ने प्रतिबद्धता पौडलले ब्यक्त गरे । कोभिडको प्रभाव चुनौतिपूर्ण रहेपनि उडयन बजारमा आफ्नो उपस्थिती मजबुत बनाउने गरी रणनीतिक कार्य योजना कार्यन्वयन तर्जुमा गर्दै अगाडि बढ्ने प्रबन्ध निर्देशक पौडेलले बताए ।
विगतका वर्षमा भव्यका साथ मनाउँदै आएको वार्षिकोत्सव कार्यक्रम यो वर्ष भने निगमले आफ्नो सामान्य कार्यक्रमका साथ मनाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय