
नेपाल फाइनान्स लिमिटेडको ३२औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । निजी क्षेत्रको लगानीबाट पहिलो फाइनान्स कम्पनीको रुपमा २०४९ सालमा स्थापना भएको कम्पनीको साधारणसभा नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान, जावलाखेल, ललितपुरमा सम्पन्न भएको हो ।
साधारण सभामा सामान्य प्रस्तावहरु अन्तर्गत आ.व. २०८०/८१ को वार्षिक वित्तीय विवरणहरु पारित गर्नुको साथै आ. व. ०८१/८२ को लागि लेखापरीक्षक नियुक्ति गर्ने निर्णय पारित गरेको छ ।
साधारण सभाले सर्वसाधारण शेयरधनीहरुको तर्फबाट संचालक समितिमा प्रतिनिधित्व गर्ने संचालक पदमा योगराज कंडेल शर्मा निर्विरोध निर्वाचित गरेको छ । साधारण सभाले विशेष प्रस्ताव अन्तर्गत अन्य बैंक तथा वित्तीय संस्थालाई गाभ्ने÷गाभिने एवम् प्राप्ति गर्ने कार्यको लागि संचालक समितिलाई पूर्ण अख्तियारी प्रदान गरेको छ ।
संस्थाका संचालक समिति अध्यक्ष प्रा.हिरेन्द्रमान प्रधानज्यूको सभापतित्वमा सम्पन्न भएको साधारण सभामा संचालक दिप्रश शाक्यले स्वागत मन्तव्य राखेका थिए । यसैगरी संस्थाका प्रमुख कार्यकारी अधिकृत उद्धवराज थपलियाले हालसम्मको प्रगती विवरणहरुको बारेमा प्रकाश पारेका थिए भने सभाको संचालन कम्पनी सचिव विष्णुप्रसाद गौतमले गरेका थिए ।
सभामा शेयरधनीहरुले राखेका विभिन्न जिज्ञासा, सुझाव एवम् शुभकामना र धन्यवाद दिँदै संस्थाले खराब कर्जा असूली र शाख श्रृजना गरी व्यवसाय विस्तार गर्न सफल भएकोमा संचालक एवम् व्यवस्थापनलाई धन्यवाद दिएका थिए ।
सभाले आगामी दिनहरुमा खराब कर्जा नेपाल राष्ट्र बैंकले तोकेको सीमाभित्र ल्याउन र नपुग भएको चुक्ता पूँजी पुर्याउने गरी कार्य गर्न एवम् आगामी साधारण सभामा शेयरधनीलाई थोरै भएपनि लाभांश वितरण गर्न सक्ने हुनको लागि संचालक तथा व्यवस्थापनलाई सुझाव एवम् शुभकामना तथा शुभेच्छा समेत प्रदान गरेका थिए ।
सभामा शेयरधनीहरुले उठान गरेका जिज्ञासाहरुको समाधान संस्थाका अध्यक्ष एवम् सभाका सभापति प्रा.हिरेन्द्रमान प्रधान एवम् संस्थाका प्रमुख कार्यकारी अधिकृत उद्धवराज थपलियाले गरेका थिए ।
संस्थाका हाल देशका विभिन्न स्थानहरुमा रहेका १२ वटा शाखा कार्यालय र काठमाडौंको कालीमाटीमा रहेका एक्सेन्टेन्सन काउण्टरमार्फत अत्याधुनिक वित्तीय सेवाहरुका साथै मोवाइल बैंकिङ र डिजिटल बैंकिङमार्फत आफ्ना सेवाहरु प्रदान गर्दै आइरहेको छ ।