२०८१ माघ २९ मंगलवार

काठमाडौं । देशभरका ७० भन्दा बढी सिनेमा हलमा माघ ४ गते शुक्रवारबाट प्रदर्शनमा आएकोे युवा पुस्तालाई लक्षित ‘एक्टर’ आधुनिक परिवेश, प्रेम, रोमान्स, थ्रिलर्स सस्पेन, मनोरञ्जनपुर्ण रहेको निर्देशक मदन घिमिरे बताउछन् । यो नायक प्रिन्स थापाको डेब्यु चलचित्र हो ।

नायक प्रिन्स थापा मगरको साथमा शिवानी गिरि, कशिस दाहाल, निशा केसी भण्डारी, कृष्ण मल्ल, सरोज खनाल, महेन्द्र मैनाली, शिबु शाह लगायतका कलाकारको अभिनय छ भने चलचित्रमा सम्राट थापाको कथा तथा संगीत रहेको छ ।

मदन घिमिरेको निर्देशन रहेको ‘एक्टर’ का निर्माता बरिष्ठ निर्माता महोनही थापा हुन् । ‘एक्टर’ नेपाल डाइस्पोरा इन्टरटेनमेन्टको व्यानरमा निर्माण भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय