
काठमाडौ । कुमारी बैंक र नेपालमा आँखा सम्बन्धी गुणस्तरीय उपचार सेवा प्रदान गर्दै आइरहेको दृष्टि दी भिजन आइ सेन्टरबीच उपचार सेवामा छुट दिने सम्झौता भएको छ । कुमारी बैंकका मार्केटिग प्रमुख नवीन मुनि बज्राचार्य र दृष्टि दी भिजन आइ सेन्टरका निर्देशक डा. रोहित सैजुले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन ।
उक्त केन्द्रमा आँखा सम्वन्धी उपचार गर्दा बैंकका कार्डबाहकलाई सहुलियत प्रदान हुने बैंकले जनाएको छ । सम्झौताअनुसार बैंकको डेविट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा आँखा परामर्श सेवा शुल्कमा २० प्रतिशतसम्म र आँखा सम्बन्धी प्याकेज शल्यक्रिया सेवामा १५ प्रतिशतसम्मको आकर्षक छुट प्राप्त गर्न सकिनेछ ।
कुमारी बैंकका देशभर १९४ शाखा सञ्जाल, १६५ एटिएम, २६ शाखारहित बैंकिङ्ग ईकाई तथा १३ एक्सटेनसन काउन्टर संचालनमा छन् । बैंकले सुलभ र उत्कृष्ट सेवाका निमित्त डिजिटल पूर्वाधारहरु सुदृढ पार्दै जाने प्रतिबद्धता जनाएको छ ।