
काठमाडौं – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले मंगलबार राति १२ बजेदेखि लागू हुने गरी भाउ बढाएको हो । पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ र डिजेलमा प्रतिलिटर २ रुपैयाँका दररले मूल्य बढाइएको हो ।
अब काठमाडौं उपत्यकामा डिजेल लिटरको १ सय ५३ रुपैयाँ, पेट्रोल लिटरको १ सय ६३ रुपैयाँ पर्नेछ । यसैगरी, हवाई इन्धनको पनि मूल्य बढाइएको छ । जस अनुसार आन्तरिकतर्फ २ रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ १५ रुपैयाँका दरले भाउ बढेको निगमले जानकारी दिएको छ ।