२०८१ मंसिर २२ शनिबार

काठमाडौँ । नेपालमा ८९ प्रतिशत जनसङ्ख्यामा इन्टरनेट सेवाको पहुँचमा पुगेको नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७७/७८ को नौ महिनाको तथ्याङ्कअनुसार नेपालमा ८८ दशमलव ९३ प्रतिशत जनताको पहुँचमा इन्टरनेट सेवा पुगेको देखाइएको छ ।

प्रतिवेदनमा प्राधिकरणले नेपालको कूल जनसङ्ख्या दुई करोड ९८ लाख ७६ हजार ५३१ लाई आधार बनाएर चैत महिनासम्म दुई करोड ६८ लाख ८२ हजारभन्दा बढीको पहुँचमा इन्टरनेट सेवा पुगेको जनाएको छ । गत फागुनको तुलनामा चैतमा पाँच लाख २६ हजार बढी प्रयोगकर्ता थपिएका छन् । गत फागुनमा दुई करोड ६३ लाख ५६ हजार बढी रहेका थिए ।

उक्त तथ्याङ्कअनुसार पहुँच वृद्धिमा सबैभन्दा धेरै योगदान मोबाइल इन्टरनेटको रहेको छ । चैतसम्म मोबाइल इन्टरनेटको हिस्सा ६५ दशमलव ३९ प्रतिशत पुगेको छ । एक करोड १७ लाख ६० हजार बढीको पहुँचमा थ्रिजी इन्टरनेट पुगेको छ । त्यसमा सबैभन्दा धेरै नेपाल टेलिकमको ९३ लाख ३५ हजार र एनसेलको २४ लाख २५ हजार रहेको जनाइएको छ ।

यस अवधिमा फोरजीका प्रयोगकर्ता ७८ लाख ७१ हजार ५५५ पुगेका छन् नेपाल दूरसञ्चार कम्पनी लिमिटेड नेपाल टेलिकमले ४७ हजार ३५३ फोरजी प्रयोगकर्ता थपेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय