रुपन्देही । रासायनीक मलको अभावले किसान समस्यामा पर्ने पुरानै समस्या हो । रासायनीक मल प्राप्त भएपनि यसले मानव स्वास्थ्यमा प्रत्यक्ष अप्रत्यक्ष रुपमा गम्भिर असर पु¥याइरहेको छ ।
त्यसैले पनि किसानहरु रासायनीक मलको विकल्पमा अर्गानिक मलको खोजीमा रहेका छन् । किसानले चाहेको अर्गानिक मलको प्राप्त गर्न सहजताका लागि पछिल्लो समय रुपन्देही स्थित ग्रो मोर फर्टिलाइजर एण्ड केमिकल प्रालिले सहजिकरण गरिरहेको छ ।
यस कम्पनीले आर्गानिक मलको व्यवसायिक उत्पादन थाले पछि किसानले राहत पाउने भएका छन् । सधैं खेती गर्ने सिजनमा मल अभावले चिन्तित बन्ने किसानहरुले स्वदेशी अर्गानिक मल प्रयोग पाउने भएका हुन् । भैरहवाका उद्योगी दम्पत्ति सिद्धार्थ अग्रवाल र पुनम अग्रवालले रुपन्देहीको रोहिणी गाउँपालिका–४, कोटहवामा अर्गानिक मल उद्योग संचालनमा ल्याएका हुन् ।
उनीहरुले ५ विघा क्षेत्रफलमा ३० करोड रुपैयाँ लगानी गरी ‘रत्नम अर्गानिक दानेदार मल’उद्योग संचालन गरी मल विक्री सुरु गरेका हुन् । मलमा सबै तत्वको आवश्यक घुलन भएकाले यसले कृषि उत्पादन र उत्पादकत्वमा बृद्धि गर्न टेवा पुर्याउने संचालकका विश्वास छ । आर्थिक मन्दी लगायतका विविध कारणले विभिन्न उद्योगहरु धमाधम बन्द भैरहेको अवस्थामा उक्त प्रालिले भने लुम्बिनी, गण्डकी, बागमती र मधेश प्रदेशका किसानलाई लक्षित गरि दैनिक १ सय मेट्रिक भन्दा धेरै परिमाणमा आर्गानिक मलको उत्पादन गर्दै आएको छ ।
उद्योगको क्षमता भने दैनिक २ सय मेट्रिक टन छ । उद्योगीका अनुसार मल शतप्रतिशत अर्गानिक छ भने कुनै किसिमको केमिकल प्रयोग छैन । रत्नमले विदेशी रासायनिक मलको प्रयोगले विग्रिएको माटोको गुणस्तरलाई माथि उकास्न र उत्पादन बढाउन फलदायी हुने संचालकको दावीे छ ।
कौँशी तथा करेसावारीमा लगाइने तरकारी खेतीदेखि धान गहुँ मकैसहित अन्य व्यवसायिक मुख्य खाद्यबाली दाल, प्याज, लसुन, पूmल, फलदार रुख, तेलहन, उँखु चियाबगान जस्ता नगदेवालीलाई लक्षित गर्दै मल उत्पादन गरिएको हो ।