२०८१ मंसिर २३ आईतवार

धनगढी । सुदूरपश्चिम प्रदेशकै पहिलो म्युजिक एरेन्जर, गायक तथा सङ्गीतकार भुवन प्रकाश बडुलाई ‘दशक बरिष्ठ लोक सङ्गीतकर्मी सम्मान’ प्रदान गरिएको छ ।

सुप इन्टरटेनमेन्ट हाउस र बाडुल्की मिडिया हाउसद्वारा हालै धनगढीमा आयोजित तेस्रो राष्ट्रिय सुप इन्टरटेनमेन्ट म्युजिक अवार्ड–२०८१ को ग्राण्ड फिनाले कार्यक्रममा प्रमुख अतिथि पूर्व मुख्यमन्त्री राजेन्द्रसिंह रावल, सुप इन्टरटेनमेन्ट हाउसका अध्यक्ष सुन्दर चन्द ठकुरी (अनुप) र प्रमुख जुरी निर्णायक सर्जक माधव बिष्ट (कैलाश) ले बहुप्रतिभाशाली श्रष्टा बडुलाई उक्त सम्मान प्रदान गर्नुभएको हो ।

‘अग्रजलाई सम्मान, नयाँलाई प्रोत्साहन’ भन्ने मूल नाराका साथ आयोजित सो कार्यक्रममा लोकदेउडा क्षेत्रका अग्रज कलाकार नरेन्द्रराज रेग्मीलाई लाइभटाइम एचिभमेन्ट सम्मान प्रदान गरिएको थियो भने दशक गायक–गायिकाको रुपमा भुवन प्रसाद दाहाल र संगीता शाहलाई सम्मानित गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय