२०८१ मंसिर २३ आईतवार

काठमाडौं । काठमाडौंस्थित सिटी सेन्टरले दशैँतिहारका अवसरमा आयोजना गरेको ‘फेस्टिभ सेलिब्रेसन-२०२४’ का विजेतालाई उपहार प्रदान गरेको छ । शनिबार आयोजित समारोहबीच सेलिब्रेसनअन्तर्गतको बम्पर उपहारसहित अन्य उपहार प्रदान गरिएको हो ।

१३ असोजदेखि ३० कात्तिकसम्म सञ्चालित सेलिब्रेसनअन्तर्गतको बम्पर उपहार भक्तपुरका कल्याण थापाले जित्नुभएको छ । सिटी सेन्टरका अनुसार दैनिक तथा साप्ताहिक योजनाअन्तर्गत विभिन्न उपहार राखिएको थियो भने एकजना भाग्यशाली ग्राहकले बम्पर उपहारस्वरूप हिरो ब्राण्डको जुम स्कुटर जित्ने मौका दिएको थियो ।

थापालाई सिजी मोटर्स प्रालिका नेसनल सेल्स म्यानेजर सूर्यप्रसाद ओझा र सिटी सेन्टरका प्रमुख कार्यकारी अधिकृत आदित्य कुमारले संयुक्तरूपमा स्कुटरको चाबी हस्तान्तरण गर्नुभएको थियो । त्यस्तै दैनिक तथा साप्ताहिक योजनामा सहभागी भई गोलाप्रथामार्फत् विजेता बनेका ४० जनालाई टेक्नो स्मार्टफोन, अल्टिमा लाइफस्टाइलका घडी तथा एयर बड्स, बाल्ट्राका घरायसी उपकरण, सफारी ब्राण्डका लगेज तथा ब्याग, एभरेस्ट ब्राण्डका साइकल वितरण गरिएको छ ।

सिटी सेन्टरका सबै पसल तथा आउटलेटमा कम्तीमा एक हजार वा सोभन्दा बढीको सपिङ गर्नेलाई फेस्टिभ सेलिब्रेसनमा सहभागी गराइएको थियो । सेलिब्रेसन अवधिमा सिटी सेन्टरमा करिब दुई लाख उपभोक्ता पुगेकामा २२ हजारभन्दा बढीले एक हजारभन्दा बढी मूल्यको सामान खरिद गरी सेलिब्रेसनमा सहभागिता जनाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय