‘सामाजिक रुपान्तरणका लागि नागरिक समाज’ नामक संस्थाले आफ्नो गौरवमय १८ औं वार्षिकोत्सवको अवसरमा असोज १७ गते बिहिबार नेपाल प्रज्ञा प्रतिष्ठान, काठमाडौमा आयोजना गरेको ‘राष्ट्रिय विशेष नागरिक पुरस्कार एवं श्रष्टा सम्मान २०८१’ मा निर्णायक संयोजकमा नयाँ पुस्ताका लेखक, साहित्यकार तथा गीतकार भीष्मराज फुलारा रहनुभएको छ ।
उहाँको संयोजकत्वमा निर्णायक मण्डलीमा नागरिक बोर्ड डट कमका प्रधान सम्पादक सुमनश्री पौडेल, टेलिफिल्म निर्देशक दिवाकर भण्डारी, अभिनय प्रशिक्षक कविन्द्र त्रिपाठी, संगीतकार राजेन्द्र बजगाईं, अधिवक्ता तथा सञ्चारकर्मी विष्णु गिरी ‘निश्चल’, म्यूजिक भिडियो निर्देशक देवेन्द्र पाण्डे, गायक नारायण थापा, सञ्चारकर्मी शंकर रोक्का रहनुभएको थियो ।
उक्त कार्यक्रमको सभापतित्व सामाजिक रुपान्तरणका लागि नागरिक समाजका अध्यक्ष यमबहादुर जिसीले गर्नुभएको थियो भने प्रमुख अतिथि उपसभामुख इन्दिरा राना मगर हुनुहुन्थ्यो । पुरस्कार तथा श्रष्टा सम्मान कार्यक्रममा कला, साहित्य, गीतसंगीत, चलचित्र, शिक्षा, पर्यटन, कृषि, स्वास्थ्य, खेलकुद, व्यवसाय, श्रृंगार एवं समाजसेवाका विभिन्न विधामा पुरस्कार, सम्मान एवं मानार्थ सदस्यता वितरण गरिएको थियो ।
कार्यक्रममा समाजका विभिन्न क्षेत्रका अग्रणी भूमिका निर्वाह गर्ने व्यक्तिहरुको उल्लेखनीय सहभागिता रहेको थियो र कार्यक्रम भव्यरुपमा समापन भएको थियो ।