काठमाडौ । फोन पे पेमेन्ट सर्विस लिमिटेडले ‘रिफर एण्ड अर्न’ अफर ल्याएको छ । यसमा ‘युनिक रिफरल कोड’ प्रयोग गरेर रिफर गर्दा २५ सय सम्मको रिवार्ड प्वाइन्ट जित्न सकिनेछ । साथै दैनिक सबैभन्दा बढि रिफर गर्नेले एकहजार रूपैयाँ प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । योजनामा २०७८ असार ३१ सम्म सबैभन्दा बढि रिफर गर्नेले १० हजार रुपैया प्राप्त गर्न सक्नेछन । यस योजनाको बम्पर उपहारमा तीन जना भन्दा बढिलाई रिफर गर्ने मध्येबाट गोला प्रथामार्फत १ लाख रुपैया जित्न सकिनेछ । अफर एपबाट रिफर गर्नका लागि ‘फोनपे अफर एप’ डाउनलोड गर्नुपर्नेछ । यो एप डाउनलोड गरि लगइनगर्ने मध्ये एक जनाले आइफोन १२ जित्न सकिन्छ ।
फोनपे अफर एपमार्फत च्यालेन्ज एसेप्ट गरि विभिन्न किसिमका भुक्तानी गर्दा दैनिक एक हजार र साप्ताहिक रूपमा २ हजार रूपैया प्राप्त गर्न सकिने छ । फोनपे अफर एपमा विभिन्न व्यवसाय तथा मर्चेन्टले दिएका अफर तथा छुटबारे जानकारी पाउन सकिन्छ । फोनपे अफर एपमा भुक्तानी गर्दा पाएको रिवार्ड प्वाइन्टबाट विभिन्न सामान पनि किन्न सकिने विज्ञप्तिमा उल्लेख छ ।
फोन पे पेमेन्ट सर्विस लिमिटेड नेपाल राष्ट्रबैंकबाट अनुमतिप्राप्त नेपालको एक अग्रणी र प्रतिष्ठित भुक्तानी प्रणाली सञ्चालक हो । फोनपे नेटवर्कमा ६० बैक तथा वित्तीय संस्था आवद्ध छन भने ३ लाख ५० हजार भन्दा बढि मर्चेन्ट रहेका छन् । एक करोड ३० लाखभन्दा धेरै मोबाईल बैंकिङ प्रयोगकर्ता तथा ४५ लाख बढि भुक्तानी सेवा प्रदायकका मोबाईल एप्समार्फत यसले सेवाप्रदानगर्दै आएको पनि फोन पे ले जनाएको छ ।