२०८३ बैशाख ५ शनिबार

काठमाडाैं । चालु आर्थिक वर्षको जेठ मसान्तसम्म २० अर्ब रुपैयाँ बराबरको धान र चामल आयात भएको छ । कृषि मन्त्रालयको तथ्यांक अनुसार चालु वर्षको जेठ मसान्तसम्म ३० करोड ५३ लाख १० हजार ५२० किलो धान आयात भएको छ । यसका लागि ११ अर्ब ५५ करोड रुपैयाँ खर्च भएको छ । यही अवधिमा ८ करोड २७ लाख ६९ हजार ८९ किलो चामल आयातमा ८ अर्ब ६९ करोड रुपैयाँ बाहिरिएको छ ।

मन्त्रालयका अनुसार ८८ करोड ६५ लाख २१ हजार रुपैयाँबराबरको धानको बिउ आयात भएको छ । नेपालले ९ लाख २० हजारको कनिका पनि आयात गरेको छ । यी सबै गरी २० अर्ब भन्दा बढी हुन आउँछ । नेपाललाई कृषि प्रधान देश भने पनि मुख्य उत्पादनको रूपमा रहेको धान चामलमा मात्रै ११ महिनामा २० अर्ब रुपैयाँ बाहिरिनुले खाद्यान्नमा परनिर्भरता बढ्दो क्रममा रहेको देखाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर