२०८१ माघ २९ मंगलवार

काठमाडौ । हिमालयन बैंक लिमिटेड र इ–कमर्श साइट दराजबीच बैंकका ग्राहकलाई उक्त अनलाइन साइटबाट सामान खरिद गर्दा छुट प्रदान गर्ने सम्झौता भएको छ । दराजको बैंक डे अफर अन्तर्गत बैंकले आफ्ना ग्राहकको सुविधाको लागि प्रत्येक बिहीबार छुट प्रदान गर्ने व्यवस्था गरेको छ ।

उक्त सम्झौता अन्तर्गत हिमालयन बैंकका ग्राहकहरुले दराजबाट बिहीबारका दिन आफ्नो क्रेडिट वा प्रिपेड कार्डबाट अग्रिम भुक्तानी गरी कुनै पनि सामानहरु खरिद गर्दा १५ प्रतिशत वा अधिकतम ५ सय रुपैया सम्म छुट प्राप्त गर्न सक्नेछन । बैंकले देशमा फैलिएको करोना महामारीको विषम परिस्थितिबाट आफ्ना ग्राहकलाई सुरक्षित राख्न डिजिटल बैंकिङको प्रवद्र्धन गर्ने सिलसिलामा दराजबाट सामान खरिद गर्दा छुट प्रदान गर्ने व्यवस्था गरेको हो । दराजबाट सामान खरिद गर्दा समान घरमै आउने तथा छुट पनि प्राप्त गर्ने भएकोले बैंकका ग्राहकहरु लाभान्वित हुने अपेक्षा गरिएको छ ।

बैंकको क्रेडिट वा प्रिपेड कार्ड प्राप्त गर्न बैंकको नजिकको शाखा कार्यालयमा गई ग्राहकहरुले निवेदन दिन सक्नेछन । हाल बैंकको ७१ वटा शाखा, ५ हजार भन्दा बढी पस टर्मिनल, ६०० भन्दा बढी इ कमर्श मर्चेन्ट तथा १४२ भन्दा बढी एटीएम मेशिनहरु सञ्चालनमा छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय