२०८१ माघ २५ शुक्रबार

काठमाडौं : चालु आर्थिक वर्ष २०८०–८१ को १० महिनासम्ममा पुँजीगत खर्च निकै कम देखिएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार वैशाख मसान्तसम्ममा ३७.०४ प्रतिशतमात्रै पुँजीगत खर्च भएको छ । चालु आवका लागि पुँजीगत शीर्षकमा ३ खर्ब २ अर्ब ७ करोड ४४ रुपैयाँ विनियोजन भएकामा वैशाख मसान्तसम्मको १० महिनामा १ खर्ब ११ अर्ब ८८ करोड २९ लाख रुपैयाँ बराबर खर्च भएको छ ।

चालु आवका लागि सरकारले कुल १७ खर्ब ५१ अर्ब ३१ करोड २१ लाख रुपैयाँ बराबरको बजेट विनियोजन गरेको थियो । हालसम्मको कुल बजेट खर्च वार्षिक विनियोजनको ६०.३५ प्रतिशत अर्थात् १० खर्ब ५६ अर्ब ८९ करोड २४ लाख रुपैयाँ बराबर रहेको छ ।

चालुगत शीर्षकमा ११ खर्ब ४१ अर्ब ७८ करोड ४१ लाख रुपैयाँ बराबर विनियोजन भएकामा हालसम्म ६५.९१ प्रतिशत अर्थात् ७ खर्ब ५२ अर्ब ५५ करोड ७३ लाख रुपैयाँ बराबर खर्च भएको छ । त्यसैगरी वित्तीय व्यवस्था शीर्षकका ३ खर्ब ७ अर्ब ४५ करोड ३६ लाख रुपैयाँ बराबर विनियोजन भएकोमा ६२.६ अर्थात् १ खर्ब ९२ अर्ब ४५ करोड २२ लाख खर्च रुपैयाँ भएको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ ।

बजेट खर्चमा मात्र नभई राजस्व संकलनको अवस्था पनि कमजोर देखिएको छ । चालु आवका लागि कुल १४ खर्ब ७२ अर्ब ४८ करोड ४७ लाख रुपैयाँ बराबर राजस्व संकलन गर्ने सरकारी लक्ष्य छ ।

वैशाख मसान्तसम्ममा वार्षिक लक्ष्यको ५८.२ प्रतिशत अर्थात् ८ खर्ब ५७ अर्ब २ करोड ८० लाख रुपैयाँ असुली भएको छ । जसमध्ये कर राजस्वतर्फ वार्षिक लक्ष्यको ६५.९१ प्रतिशत अर्थात् ७ खर्ब ५२ अर्ब ५५ करोड ७३ लाख रुपैयाँ र गैरकरतर्फ ७२.७ प्रतिशत अर्थात् ८५ अर्ब १० करोड रुपैयाँ बराबर संकलन भएको छ ।

चालु आवका लागि सरकारले ४९ अर्ब ९४ करोड ३० लाख रुपैयाँ बराबरको वैदेशिक अनुदान लिने लक्ष्य राखेकामा हालसम्म लक्ष्यको ५.५२ प्रतिशत अर्थात् २ अर्ब ७५ करोड ८० लाख रुपैयाँ बराबर अनुदान लिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय