
काठमाडौं : नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा चालु आर्थिक वर्षको चैत ८ गतेसम्म १६ करोड ७ लाख ४ हजार ७७३.६१ कित्ता बोनस सेयर सूचीकृत भएको छ । नेपाल धितोपत्र बोर्डका अनुसार यस अवधिसम्म ३७ कम्पनीको कुल १५ अर्ब ५५ करोड ५३ लाख २९ हजार ६०१ रुपैयाँ ९८ पैसा बराबरको बोनस सेयर सूचीकृत भएको हो ।
यसमध्ये, ७ वटा कम्पनीले गत वर्ष वितरण गरेको बोनस सेयर सूचीकृत भएका छन् । ३० कम्पनीले भने चालु आवमा वितरण गरेको सेयर सूचीकरण गरिएको हो । जसम्धये चालु आवमा ५ वटा वाणिज्य बैंक, ३ उत्पादन तथा प्रशोधन, ३ निर्जीवन, १ जीवन, ६ वटा विकास बैंक, ५ वटा लघुवित्त, ४ वटा हाइड्रोपावर र १ लगानी समूह र २ वटा होटल्स तथा पर्यटन समूहका कम्पनीहरुको बोनस सेयर सूचीकृत गरिएको हो ।
त्यसैगरी, आर्थिक वर्ष २०७८-७९ को नाफाबाट बोनस सेयर वितरण गरेका ४ वटा लघुवित्त संस्थाको सेयर सूचीकरण गरिएको हो । अन्य, लगानी र फाइनान्स समूहका १-१ वटा कम्पनी सेयर सूचीकृत भएको छ ।