२०८१ माघ २५ शुक्रबार

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/०८१ को ८ महिनाको अवधिमा ६ हजार ४३५ वटा विद्युतीय कार आयात भएका छन् । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार ८ महिनामा ६ हजार ४३५ वटा विद्युतीय कार आयात भएका हुन् ।

उक्त आयातमा १५ अर्ब ८१ करोड ९७ लाख ६० हजार रुपैयाँ बाहिरिएको छ। यो अवधिमा उक्त कार आयात हुँदा सरकारले ६ अर्ब ९९ करोड २६ लाख रुपैयाँ राजस्व आम्दानी गरेको छ।

५० किलोवाटसम्म चीनबाट ६६४, भारतबाट २ हजार ४८, इन्डोनेसियाबाट ३४ वटा आएको छ। ५१ देखि १ सय किलोवाटसम्म चीनबाट ३ हजार २६० वटा, भारतबाट ३३२, कोरियाबाट ३ वटा आयात भएको छ।

१०१ देखि २ सय किलोवाटसम्म चीनबाट २९, जर्मनीबाट ६, कोरियबाट ४० वटा विद्युतीय कार आयात भएको छ। २०१ किलोवाटभन्दा माथिका चीनबाट १६, जर्मनीबाट १ वटा, अमेरिकाबाट २ वटा विद्युतीय कार आयात भएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय