२०८३ बैशाख ५ शनिबार

काठमाडाैं । अन्तराष्ट्रिय बजारमा नेपाली चियाकाे माग बढेपनि निर्यात भने घटेकाे छ । चालु आर्थीक वर्षकाे ७ महिनामा नेपालबाट ९२ लाख ५० हजार केजी अर्थात दुई अर्ब ३५ करोड रूपैयाँ बराबरको चिया निर्यात भएकाे छ ।

याे गत वर्षकाे माघ महिनाकाे तुलनामा २७ प्रतिशतले कम हाे । गत वर्षकाे ७ महिनामा एक करोड २५ लाख ६४ केजी चिया अर्थात दुई अर्ब ७१ करोड रूपैयाँको चिया निर्यात भएको थियो। यस्तै याे अवधिमा नेपालबाट १४ हजार ९२९ केजी अर्थात दुई करोड ३५ लाख रूपैयाँ बराबरको कफि निर्यात भएकाे छ ।

याे गत वर्षको माघ महिनासम्मको तुलनामा ३१ प्रतिशतले कम हाे। गत वर्षकाे साउनदेखि माघ सम्ममा २१ हजार ६४९ केजी अर्थात तीन करोड ३० लाख रूपैयाँ बराबरको कफि निर्यात भएकाे थियाे । कुल दुई अर्ब ३५ करोड रूपैयाँ बराबरको चिया निर्यात भएकोमा एक अर्ब ९८ करोड रूपैयाँ बराबरको भारतमा मात्रै बिक्री भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर