२०८१ माघ २४ बिहीबार

काठमाडौँ । भारत सरकारले प्याज निर्यातमा प्रतिबन्ध हटाएसँगै अब नेपालमा पनि प्याजको मूल्य घट्ने भएको छ । भारतले आफ्नै उपभोगमा कमी हुने भन्दै यसअघी प्याजको निर्यातमा रोक लगाएको थियो ।

भारतीय सञ्चार मध्यमहरूका अनुसार भारतका केन्द्रीय गृहमन्त्री अमित शाहको नेतृत्वमा बसेको मन्त्रिपरिषद्को बैठकले प्याज निर्यातमा लगाइएको प्रतिबन्ध हटाउने निर्णय गरेको हो । यससँगै सो समितिले तीन लाख मेट्रिक टन प्याज निर्यात गर्न स्वीकृत गरेको छ ।

समाचारहरूमा लेखिएको छ- ‘केन्द्रको नरेन्द्र मोदी सरकारले ठूलो निर्णय लिएको छ र यस अन्तर्गत प्याजको निर्यातमा लगाइएको प्रतिबन्ध हटाएको छ।‘ केन्द्रीय गृहमन्त्री अमित शाहको अध्यक्षतामा रहेको मन्त्रिपरिषद्को समितिले प्याज निर्यातलाई स्वीकृति दिएको हो।

भारतमा प्याजको बढ्दो मूल्यलाई नियन्त्रण गर्न सरकारले प्याजको निकासीमा प्रतिबन्ध लगाएर यसको म्याद ३१ मार्च २०२४ तोकेको थियो । तर यो प्रतिबन्ध समय सीमा अघि नै हटाइएको छ । गृहमन्त्री अमित शाहको अध्यक्षतामा बसेको मन्त्रिपरिषद्को बैठकले यो निर्णय स्वीकृत गरेको हो ।

गुजरात र महाराष्ट्रमा रहेको प्याजको भण्डारणलाई ध्यानमा राखेर प्रतिबन्ध हटाएको हो । केन्द्रीय मन्त्री मनसुख मण्डावियाले केन्द्रीय गृहमन्त्रीलाई प्याज किसानको अवस्थाबारे जानकारी गराएपछिको छलफल प्रतिबन्ध हटाउने निर्णयमा टुङ्गिएको हो ।

केही रिपोर्टहरूमा यसअघी नै यो आशा गरिएको थियो कि केन्द्र सरकारले प्याजको निर्यातमा प्रतिबन्ध हटाउने योजना बनाइरहेको छ। यसको मुख्य कारण प्याज उत्पादन गर्ने क्षेत्रमा प्याजलगायत तरकारीको मूल्य घटेको बताइएको छ ।

मन्त्रिपरिषद्को केन्द्रीय समितिले प्रतिबन्ध फुकुवा गर्ने निर्णय गर्दै ३ लाख मेट्रिक टन प्याज निर्यात गर्न स्वीकृत गरेको छ । यससँगै बंगलादेशमा ५० हजार टन प्याज निर्यातको स्वीकृति पनि दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय