२०८३ बैशाख ५ शनिबार

काठमाडौं : चीनको सेयर बजारको भ्याल्यू अमेरिकाको भन्दा धेरै पछि पर्न थालेको छ । पछिल्लो समय अमेरिकी सेयर बजार इतिहासकै उच्च विन्दुमा कारोबार भइरहँदा चीनको सेयर बजार भने निरन्तर घट्दो क्रममा रहेको छ ।

जसका कारण चीन र अमेरिकाको सेयर बजार पुँजीकरणको फरक इतिहासकै उच्च विन्दुमा पुगेको ब्लुमबर्गले उल्लेख गरेको छ। अमेरिकी सेयर बजारको पुँजीकरण अहिले हङकङ र चीनको संयुक्त बजार पुँजीकरणको तुलनामा ३८० खर्ब (३८ ट्रिलियन) डलर बढी भएको ब्लुमबर्गले संकलन गरेको तथ्यांकले देखाएको छ ।

चीनको अर्थतन्त्रप्रति लगानीकर्ताहरु निराश बन्दै गएपछि दुई देशको सेयर बजार भ्याल्यूमा बढ्दो भिन्नता देखिएको हो । विश्वको दोस्रो ठूलो अर्थतन्त्र चीनले भ्याल्यू प्रदान गर्ने भएपनि यसको बजारमा उत्प्रेरकहरु नभएको सम्पति व्यवस्थापकहरुले बताएका छन् ।

अर्कोतर्फ, पहिलो ठूलो अर्थतन्त्र अमेरिकालाई भने गति र अर्थव्यवस्था दुवैको साथ मिलेको छ । चिनियाँ स्टकहरुले फेब्रुअरी सन् २०२१ को उच्चतम विन्दुयता करिब ६३ खर्ब डलर भ्याल्यू गुमाएका छन् । यता, सोही अवधिमा अमेरिकी सेयरहरुले भने करिब ५३ खर्ब भ्याल्यू थप गरेको ब्लुमबर्गले उल्लेख गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर