२०८१ माघ २४ बिहीबार

काठमाडाैं । मंसिर महिनामा देशभर ४१ हजार आठ सय ५१ संख्यामा घरजग्गा कारोबार भएको छ । यो अघिल्लो महिनाको तुलनामा ६० प्रतिशतले बढी हो । कात्तिकमा २६ हजार ४६ संख्यामा घरजग्गा कारोबार भएको भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांकले देखाएको छ । घरजग्गा कोरोबार बढेसँगै राजश्व पनि ३२ प्रतिशतले बढेको देखिन्छ ।

कात्तिकमा घरजग्गा कारोबारबाट सरकारलाई दुई अर्ब १६ करोड रूपैयाँ राजश्व प्राप्त भएको थियो भने मंसिरमा दुई अर्ब ८६ करोड रूपैयाँ राजश्व प्राप्त भएको छ । सरकारलाई घरजग्गा कारोबारबाट सेवा कर, रजिस्ट्रेसन दस्तुर, पुँजीगत लाभकर लगायत विभिन्न शीर्षकमा राजस्व प्राप्त हुन्छ । त्यसमध्ये सबभन्दा बढी रजिस्ट्रेसन (दर्ता) दस्तुर र पुँजीगत लाभकरबाट प्राप्त हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय