
‘एकका लागि सबै, सबैका लागि एक’ भन्ने सहकारीको आदर्शअनुरुप आफ्ना सदस्यहरुको आर्थिक, सामाजिक, साँस्कृतिक विकासका लागि सदस्यहरुको बीचमा मात्र कारोबार गर्ने गरी स्थापित संस्थालाई सहकारी संस्था भनिन्छ । सहकारीसँगै हिडौं, सँगैसँगै मिलेर केही गरौँ एक आपसमा मिलेर बसौं भन्ने हाम्रो वैदिक सनातन धर्म परम्पराकै उपज हो, अर्थात् त्यसैको समय सापेक्ष परिवर्तित स्वरुप हो । अन्तर्राष्ट्रिय सहकारी महासंध (ICA) को सन् १९९५ सेप्टेम्वरमा भएको साधारण सभाले पारित गरेको परिभाषा अनुसार “आफ्ना समान आर्थिक, सामाजिक एवं सांस्कृतिक आवश्यकता र आकांङ्क्षाहरुलाई संयुक्त स्वामित्व र प्रजातान्त्रिक नियन्त्रण रहने संस्थामार्फत परिपूर्ति गर्नका लागि स्वैच्छिक रुपमा एकीकृत भएका व्यक्तिहरुको एक स्वायत्त संस्था नै सहकारी हो ।”
A cooperative is an autonomous association of persons united voluntarily to meet their common economic social and cultural need and aspiration through a jointly owned and democratically controlled enterprise । वास्तवमा सहकारीको एकका लागि सबै र सबैका लागि एक भन्ने हो । सहकारी संस्थाले सदस्यहरुको आर्थिक तथा सामाजिक विकासमा ठूलो योगदान पु¥याउन सक्दछ । रोजगार सिर्जना, पारिवारिक आय आर्जन, व्यवसायिकताको वृद्धि, सामाजिक सदभाव वृद्धि, सहकारीले पुर्याउने मुख्य योगदानका क्षेत्रहरु हुन् । त्यसैले सहकारी मानिसको साथी हो, सहारा हो सामाजिक एकता र सद्भावको माध्यम हो ।
राज्यले सहकारीलाई दिएको स्थान
नेपालको संविधानले पनि सहकारिताको भावनालाई आत्मसात गरेको छ । नेपालको संविधान २०७२ को भाग ४ मा राज्यका निर्देशक सिद्धान्त नीति तथा दायित्वअन्तर्गत दफा ५१ को घ १ मा सार्वजनिक निजी र सहकारी क्षेत्रको सहभागिता र स्वतन्त्र विकास मार्फत राष्ट्रिय अर्थतन्त्र सुदृढ गर्ने भन्ने उल्लेख छ । सोही दफाको घ ३ मा सहकारी क्षेत्रलाई प्रवद्र्धन गर्दै राष्ट्रिय विकासमा अत्यधिक परिचालन गर्ने भन्ने कुरा पनि उल्लेख गरिएको छ । त्यसरी नै सहकारी ऐन २०७४ को प्रस्तावनामा सदस्यहरुको आर्थिक सामाजिक तथा सांस्कृतिक उन्नति तथा राष्ट्रिय अर्थतन्त्रको विकासका लागि सहकारीहरुको विकास गरिएको भावना प्रस्तुत भएको छ । यी कुराहरुले सामाजिक आर्थिक विकासका लागि सहकारीको भूमिका अपरिहार्य रहेको विषय उजागर हुन्छ ।
सहकारीमा वित्तीय साक्षरता
पैसाको वा सम्पत्तिको सही प्रयोग गर्ने ज्ञान सीप सिकाउने शिक्ष वित्तीय साक्षरता हो । यसले व्यक्तिलाई पैसाको बारेमा सही वित्तीय निर्णय लिन आफ्ना जीवनका घटना र आवश्यकताका आधारमा आफ्नो वित्तीय लक्ष्य वा मार्गचित्र बनाउन, परिवारको बजेट बनाउन, बचत बढाउन, ऋणको सही व्यवस्थापन गर्न व्यसायिक योजना बनाई सफल रुपमा व्यवसाय सञ्चालन गर्न जोखिम व्यवस्थापनका लागि आवश्यक उपायहरु अवलम्वन गर्न सिकाउँछ, जुन सुखी र सम्पन्न भविष्यको बाटो हो । त्यसैले यो वित्तीय साक्षरता विपन्न तथा सम्पन्न वर्ग, शहरी तथा ग्रामीण क्षेत्र र महिला तथा पुरुष सबै मानिसहरुका लागि अति आवश्यक छ । अमेरिका क्यानडा बेलायत अष्ट्रेलियाजस्ता धनी देशहरु लगायत विश्वका करिब १५० देशमा यसलाई अभियानको रुपमा विस्तार गरिएको छ र नेपालमा पनि सहकारीहरु बैंकहरु तथा अन्य वित्तीय संस्थाहरुमा यसलाई विस्तार गर्दै लगिएको छ ।
पैसाको कारोवार नै अहिले सबै सहकारीहरुको मुख्य क्रियाकलाप हो र सदस्यहरुले लाभ लिन सक्ने मुख्य क्षेत्र पनि त्यही नै हो । अहिले कतिपय सहकारीहरुले बचत ऋृणको मात्र नभै विप्रेषण (मनी ट्रान्सफर) बिमा आदिका सेवाहरु पनि दिइरहेका छन् । त्यो राम्रो पक्ष हो । यसका अतिरिक्त भूकम्प, आगलागी, बाढी, पहिरो जस्ता भविष्यमा परिआउन सक्ने विभिन्न जोखिमहरुको व्यवस्थापन गर्न आवश्यक सावधानीका उपायहरुलाई पनि कतिपय सहकारीहरुले आफ्नो दीर्घकालीन योजनामा समावेश गर्न थालेको देखिएको छ । आर्थिक उन्नतिका लागि व्यावसायिक योजना बनाई सञ्चालन गर्नुपर्ने कुराहरु पनि त्यत्तिकै महत्वपूर्ण छन् । यी सबै कुराहरु वित्तीय व्यवस्थापन र सफल सुखी भविष्यका आधारहरु हुन् । त्यसैले सञ्चालकहरुले तथा सदस्यहरुले त्यस्ता विषयसँग सम्वन्धित ज्ञान सीप अर्थात् वित्तीय साक्षरता हाँसिल गर्नु जरुरी छ ।
पैसाको कारोवार नै अहिले सबै सहकारीहरुको मुख्य क्रियाकलाप हो र सदस्यहरुले लाभ लिन सक्ने मुख्य क्षेत्र पनि त्यही नै हो । अहिले कतिपय सहकारीहरुले बचत ऋृणको मात्र नभै विप्रेषण (मनी ट्रान्सफर) बिमा आदिका सेवाहरु पनि दिइरहेका छन् । त्यो राम्रो पक्ष हो । यसका अतिरिक्त भूकम्प,आगलागी, बाढी, पहिरो जस्ता भविष्यमा परिआउन सक्ने विभिन्न जोखिमहरुको व्यवस्थापन गर्न आवश्यक सावधानीका उपायहरुलाई पनि कतिपय सहकारीहरुले आफ्नो दीर्घकालीन योजनामा समावेश गर्न थालेको देखिएको छ । आर्थिक उन्नतिका लागि व्यावसायिक योजना बनाई सञ्चालन गर्नुपर्ने कुराहरु पनि त्यत्तिकै महत्वपूर्ण छन् । यी सबै कुराहरु वित्तीय व्यवस्थापन र सफल सुखी भविष्यका आधारहरु हुन् ।
सहकारीहरुको मुख्य उद्देश्य सदस्यहरुको आर्थिक सामाजिक र सांस्कृतिक उन्नति हो । सहकारीहरुले मुख्यरुपमा पैसा कैे कारोवार गर्दछन् । अझ वित्तीय सहकारी अर्थात् बचत तथा ऋण सहकारीहरुको मुख्य कार्य पैसाको कारोवार हो । त्यसको लागि पैसाको सही प्रयोग र व्यवस्थापन सम्वन्धी ज्ञान सीप हुनुपर्दछ । त्यसैले सहकारीका सञ्चालक तथा सदस्यहरु सबैमा वित्तीय साक्षरता अपरिहार्य देखिन्छ । सहकारी विभागको तथ्यांक अनुसार नेपालमा करिब ३४ हजार भन्दा बढी सहकारी संस्थाहरु छन् । करिब ६३ लाख सदस्यहरु छन् र शेयर तथा बचत गरी अरबौको पूँजी रहेको छ । नेपालको सहकारी क्षेत्रको यो अत्यन्त सबल पक्ष हो । तर अझै लाखौ मानिसहरु सहकारीमा आवद्ध हुन सकेका छैनन् र आफ्ना वित्तीय आवश्यकता हरुका लागि साहू महाजन कै भर पर्न, महंगो व्याज तिर्न वाध्य छन् ।
सहकारीमा समेटिएका सदस्य मध्ये पनि धेरै निस्क्रिय छन् । सहकारीबाट वित्तीय सेवाहरु लिई र त्यसको सही प्रयोग गरी आम्दानी बढाउन सकिन्छ भन्ने ज्ञान सीप उनीहरु संग छैन । सेवा लिनेहरु मध्ये पनि कतिपयले सेवाको सही प्रयोग गर्न नजान्दा उल्टै ऋणमा डुब्न परेको अवस्था छ । यसबाट सदस्य र संस्था दुवैले ठूलो समस्या खेप्नुपरेको देखिन्छ । त्यसैले सदस्य नबनेकाहरुलाई सहकारीको सदस्य बनाउने तथा बनिसकेका सदस्यहरुमा वित्तीय सेवाहरु लिने र त्यसको सही प्रयोग गर्ने ज्ञान, सीप, क्षमता विस्तार गर्ने हो भने पारिवारिक आर्थिक समृद्धि र गरिबी निवारणमा ठूलो योगदान पुग्न सक्दछ । वित्तीय साक्षरताले सहकारीमा निम्न फाइदाहरु पुर्याउँछ :
– वित्तीय साक्षरताले सदस्यहरुमा आफ्नो वित्तीय मार्गचित्र बनाउने ज्ञान सीप र सिकाउँछ र आर्थिक उन्नतिमा सघाउँछ ।
– खर्चहरुलाई नियन्त्रण गर्न पैसाको अधिकतम सही प्रयोग गर्न सिकाउँछ ।
– व्यवसायको योजना बनाउन ऋण व्यवस्थापन गर्न र जोखिम व्यवस्थापनका उपाय सिकाउँछ । सहकारीको बचत तथा शेयर अर्थात् पूँजी बढाउन मद्दत गर्छ ।
– सहकारीको ऋण लगानी र असुली प्रक्रियालाई सजिलो प्रभावकारी बनाउँछ ।
– सहकारीहरुलाई सदस्यहरुको आवश्यकता तथा चाहना अनुसार आफ्ना सेवाहरु प्रिमार्जन गर्न तथा गुणस्तर वृद्धि गर्न सघाउँछ ।
– लगानी तथा असुली दरलाई पूर्ण स्वस्थ बनाउन सघाउँछ ।
– उत्पादनमूलक ऋण लगानीमा सघाउँछ ।
– प्रतिस्पर्धात्मक वित्तीय बजारमा अभ्यासमा रहेका वित्तीय सेवाहरु, तिनीहरुको गुणस्तर र वित्तीय कारोवारमा प्रयोग भएका प्रविधिहरुको बारेमा सूचना तथा जानकारी दिन्छ ।
माथि उल्लिखित बाहेक सञ्चालक तथा सदस्यहरुलाई वित्तीय व्यवस्थापन सम्बन्धी अनुभवहरु तथा अभ्यासहरुको बारेमा सुसूचित गरी साथै आफ्नो वित्तीय ज्ञान सीप र व्यवहारमा परिवर्तन ल्याई संस्थाको पहिचानलाई समेत माथि उठाउन वित्तीय साक्षरताले मद्दत पु¥याउँछ ।
उपसंहार
सहकारी एउटा सेवामुखी सदस्य केन्द्रीत व्यवसाय हो । सहकारीले सदस्यहरुलाई बचत, ऋण आदिको सेवा दिन्छ त्यसैले यो सेवा हो । ऋणको सुविधा दिन्छ र सो वापत व्याज लिन्छ अर्थात् पैसा बेच्छ त्यसैले यो व्यवसाय पनि हो । तर सहकारीहरुले सदस्यको पैसाको (बचतको) सुरक्षा गरिदिने र आवश्यक परेको बखत ऋणको सुविधा दिने कामले मात्रै उनीहरुप्रतिको जिम्मेवारी पुरा भएको मान्नु हुँदैन । उनीहरुको जीवनलाई अति आवश्यक पर्ने ज्ञान सीप तथा अवसरहरु दिने बारेमा पनि सोच विचार गर्नुपर्दछ । पैसा जुनकुरा नभैकन मानिसको जीवन नै चल्दैन, जुन हरबखत चाहिन्छ । पैसाको बारेमा सही निर्णय लिन नसक्दा, सही तरिकाले प्रयोग गर्न वा खर्च गर्न नजान्दा मानिसको जीवन पुरै बरबाद हुन्छ ।
सदस्यहरुमा यही ज्ञान सीपको अभावले सहकारीका लगानी असुलीजस्ता वित्तीय कार्यमा नराम्रो असर पर्दछ । त्यसैले त्यस्तो ज्ञान, सीपको विस्तारका लागि सहकारीले विशेष सोच राख्नु पर्दछ, समय र आवश्यकताअनुसार स्रोतको समेत खर्च गरी सञ्चालकहरु, सदस्यहरु र अझ सकेसम्म अन्य सदस्य नभएका मानिसहरुमा पनि वित्तीय सचेतनाकको अवसर दिनु अर्थात् वित्तीय साक्षरता सञ्चालन गर्नु पर्दछ ।