२०८१ मंसिर २३ आईतवार

अनलाइन बजार दराजले माछापुच्छ«े बैंक, मेगा बैंक र हिमालयन बैंकसँगको सहकार्यमा पुनः बैंक डेज अफर घोषणा गरेको छ । अफरमार्फत् ग्राहकले कार्ड प्रि पेमेन्ट गरेमा १५ प्रतिशतदेखि पाँच सय रुपैयाँसम्मको छुट पाउन सक्ने बताइएको छ । दराजको चार अन्य बैंक सानिमा बैंक, एनआईसी एसिया बैंक, नबिल बैंक र स्ट्यान्डर्ड चार्टर्ड बैंकसँग पनि सहकार्य रहेको छ ।

दराज बैंक डेजमार्फत् ग्राहकले हप्ताभर दराजका साझेदार बैंकबाट छुटको मजा लिन सक्ने बताइएको छ । माछापुच्छ«े बैंक, मेगा बैंक र हिमालयन बैंकका कार्डवाहकले हरेक बिहीबार दराज एपमार्फत् छुट प्राप्त गर्ने सक्ने दराजले जनाएको छ ।

माछापुच्छ«े बैंकको डेबिट कार्ड भुक्तानीमा १० देखि पाँच सय रुपैयाँसम्म छुट तथा क्रेडिट कार्डको भुक्तानीमा १५ देखि पाँच सय रुपैयाँसम्म छुट पाइनेछ भने मेगा बैंकको डेबिट तथा क्रेडिट कार्ड र हिमालयन बैंकको प्रिपेड र क्रेडिट कार्ड भुक्तानीमा पनि सोहीअनुसारको छुट पाइने कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय