२०८१ माघ २७ आईतवार

काठमाडौं । चाडपर्वमा बैंकबाट बाहिरिएको रकम फिर्ता हुन थालेको छ । दशैं, तिहार र छठको लागि बाहिरिएको रकम फिर्ता हुन लागेको हो । असोज अन्तिमसम्ममा ५९ खर्ब १५ अर्ब रुपैयाँ पुगेको बैंकहरुको निक्षेप संकलन कात्तिक लागेपछि केही घटेको थियो। कात्तिक ११ गतेसम्ममा बैंकहरुको निक्षेप संकलन ५८ खर्ब ७७ अर्ब रुपैयाँमा झरेको थियो। यो अवधिमा बैंकहरुबाट ३७ अर्ब निक्षेप बाहीरिएको देखिन्छ।

दशैँपछि नै सामान्य रुपमा बढ्न थालेको बैंकहरुको निक्षेप संकलन तिहारपछि तीव्र गतिमा बढ्न थालेको छ। मंसिर ३ गतेसम्ममा बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ५९ खर्ब २१ अर्ब रुपैयाँ पुगेको थियो । मंसिर ५ गतेसम्ममा ५९ खर्ब ३५ अर्ब पुगिसकेको छ। राष्ट्र बैंकको तथ्यांक अनुसार एकैदिन निक्षेप संकलन ६ अर्ब रुपैयाँले बढेको छ।

मंसिर ५ गतेसम्ममा वाणिज्य बैंकहरुको मात्रै निक्षेप संकलन ५२ खर्ब ४८ अर्ब रुपैयाँ पुगिसकेको छ। दशैंअघि वाणिज्य बैंकहरुको निक्षेप ५२ खर्ब २३ अर्ब रुपैयाँ थियो। बैंकहरुको निक्षेप संकलन बढ्दै गए पनि कर्जा लगानी भने बढ्न सकेको छैन्। दशैंयता बैंकहरुको कर्जा लगानी उल्टो घटेको छ। दशैंअघिसम्ममा ५० खर्ब रुपैयाँ रहेको कुल कर्जा लगानी ४९ खर्ब ७६ अर्ब रुपैयाँमा झरेको छ। यस अवधिमा नै कर्जा लगानी २४ अर्ब रुपैयाँले घटेको छ।

निक्षेप बढ्दै गएपनि कर्जा लगानी बढ्न नसक्दा बैंकहरुमा लगानीयोग्य रकम बढ्दै गएको छ। मंसिर ५ गतेसम्ममा नै बैंकहरुको सिडि रेशियो ८१.०५ प्रतिशतमा झरेको छ। यसअनुसार पनि बैंकहरुसँग ४ खर्ब रुपैयाँभन्दा धेरै लगानीयोग्य रकम थुप्रिएको छ। बैंकहरुको अन्तरबैंक ब्याजदर पनि २ प्रतिशतमा झरेको छ। गत शुक्रबारसम्ममा बैंकहरुको अन्तरबैंक ब्याजदर २.००४१ प्रतिशत रहेको केन्द्रीय बैंकले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय