२०८१ माघ २५ शुक्रबार

काठमाण्डौं । चालु आर्थिक वर्षको पहिलो चार महीनामा वैदेशिक रोजगारमा जानेको संख्या उच्च दरमा घटेको छ । हमार र इजरायलत द्धन्द्धका कारण बैदेशिक रोजगारीमा जाने नेपालीको संख्या घटेको हो ।

वैदेशिक रोजगार विभागका अनुसार चालु आर्थिक वर्ष २०८०\८१ को पहिलो चार महीनामा श्रम स्वीकृति लिएर २ लाख ६ हजार ३१६ नेपाली वैदेशिक रोजगारीमा गएका छन् । यो संख्या गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २४.४५ प्रतिशले थोरै हो । गत आर्थिक वर्षको सोही अवधिमा २ लाख ८० हजार ५ सय १८ नेपाली वैदेशिक रोजगारीका लागि बाहिरिएका थिए ।

हमास र इजराय युद्धका कारण गल्फ कन्ट्रीहरुमा रोजगारीका लागि जानेको संख्या घटेको देखिएको वैदेशिक रोजगार विभागका सूचना अधिकारी कविराज उप्रेतिले बताए । “इजरायल र प्यालेस्टिन युद्धका कारण अहिले घटेको जस्तो देखिएको मात्र हो,” उनले भने,“मंसिरमा यो संख्या ह्वात्तै बढ्छ ।” चालु आवमा वैदेशिक रोजगारीमा जाने पुरुषको संख्या एक लाख ७९ हजार ७६७ जना पुरुष रहेको छ भने २६ हजार ५४९ महिला रहेका छन् । गत आवमा भने वैदेशिक रोजगारीमा जाने पुरुषको संख्या २ लाख ५४ हजार ११ थियो भने महिलाको संख्या २६ हजार ५०७ थियो ।

विभागका अनुसार चालु आवको साउनमा ५५ हजार ५७५, भदौमा ५० हजार ८८४ असोजमा ५६ हजार २३५ जना र कात्तिकमा ४३ हजार ६२२ जना वैदेशिक रोजगारीमा गएका छन् । गत वर्षको सोही अवधिमा भने साउनमा ६३ हजार ३९, भदौमा ७६ हजार ४०३ असोजमा ६२ हजार ७०६ जना, कात्तिकमा ७८ हजार ३७० जना वैदेशिक रोजगारीमा गएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय