
काठमाडौं। भूकम्प पीडितको राहत तथा उद्धारका लागि सूर्य नेपाल प्रालिले १ करोड ४० लाख रुपैयाँ सहयोग गरेको छ। कम्पनीले एक करोड नगद र ४० लाख बराबरका राहत सामग्रीसँगै औषधि दिएको हो।
एक करोड रुपैयाँ प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा जम्मा हुनेगरी कम्पनीका प्रबन्ध निर्देशक रवी रायवरम, भाइस प्रेसिडेन्ट रवी केसी, विकास बत्रा, दिप्रा लाहिरी र वित्त प्रबन्धक प्रेम अर्यालको टोलीले मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई हस्तान्तरण गरेको छ ।
कम्पनीले थप ३५ लाख रुपैयाँ बराबरको खाद्यान्न, टारपाउलिन र ब्ल्याङ्गकेटहरु जाजरकोट पठाइसकेको छ । साथै ५ लाख रुपैयाँ बराबरको औषधि वीर अस्पतालको प्रभावित क्षेत्रतर्फ जाने टोलीलाई हस्तान्तरण गरिसकेको सूर्य नेपाल प्रालिले जनाएको छ।
भूकम्पका कारण जाजरकोट, रुकुम लगायतका जिल्लामा भएको जनधनको व्यापक क्षतिमा तत्काल उद्धार, राहत तथा पीडितहरुको पुनर्स्थापनामा मद्दत पुर्याउन आफ्नो व्यवसायिक सामाजिक दायित्वअन्तर्गत सहयोग गरेको कम्पनीले जनाएको छ।