२०८१ चैत्र ४ सोमबार

काठमाण्डौं । नेपाल बैंकर्स संघ र एसियन बैंकर्स संघको संयुक्त आयोजनामा आगामी बिहीबार र शुक्रबार काठमाडौंमा एसियन बैंकरहरुको सम्मेलन हुने भएको छ । एसियाका २५ देशका बैंकरहरुको सहभागिता हुने सम्मेलन नेपालमा पहिलो पटक हुन लागको हो ।

उक्त सम्मेलनमा एसियन बैंकर संघको वार्षिक साधारण सभा समेत हुने नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले जानकारी दिए । उक्त कन्फ्रेन्समा एसियाका ६० भन्दा धेरै बैंकका प्रमूख कार्यकारी अधिकृत तथा प्रतिनिधिहरु सहभागी हुनेछन् ।

उक्त सम्मेलनमा अहिलेकोे अर्थतन्त्रको अवस्था तथा नेपालमा विदेशी लगानीको अवस्था र सम्भावनाका सन्दर्भमा समेत छलफल हुने केसीले बताए । दुई दिनसम्म चल्ने उक्त सम्मेलनमा बैंकिङ क्षेत्रको दिगो विकासको सन्दर्भमा समेत छलफल हुने उनको भनाई छ । सम्मेलन बैंकर तथा विज्ञहरुबाट कार्यपपत्र प्रस्तुत गर्ने तथा प्यानल डिस्कसन हुने उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय