२०८१ चैत्र ५ मंगलवार

काठमाण्डौं । सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरूको चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो त्रैमास (साउनदेखि असोजसम्म) मा नाफा १८.६४ प्रतिशतले घटेको छ। गत वर्षको यही अवधिमा नाफा १६ अर्ब ४७ करोड रहेकोमा नाफा घटेर १३ अर्ब ४० करोड रूपैयाँ पुगेको हो।

२० मध्ये कृषि विकास बैंक नोक्सानमा गएको छ। कृषि विकास बैंक ८८ करोड रूपैयाँ नोक्सानमा छ। कृषि विकासको ब्याज आम्दानी बढे पनि जोखिम प्रावधानको लागि राखिने रकम बढेपछि नाफा घटेको हो।

सिद्धार्थ, एनआइसी एशिया, कुमारी, लक्ष्मी सनराइज, सिटिजन्स र नेपाल बैंकको नाफा उच्च दरमा घटेको छ। यी बैंकको नाफा २० देखि ९२ प्रतिशतसम्म घटेको छ। बैंकहरूको खुद ब्याज आम्दानी भने १९.१५ प्रतिशतले बढेर ४९ अर्ब ४६ करोड रूपैयाँ पुगेको छ। सातवटा वाणिज्य बैंकको भने यस्तो खुद ब्याज आम्दानी पनि घटेको छ।

सबैभन्दा धेरै नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको खुद ब्याज आम्दानी बढेको छ। बैंकको यस्तो आम्दानी ९६ प्रतिशतले बढेर चार अर्ब १६ करोड पुगेको छ।समग्र बैंकहरूको कर्जा असुलीमा समस्या देखिएपछि जोखिमको लागि राखिने प्रावधान बढेको छ। यसले गर्दा पनि नाफा घटेको हो। बैंकहरूले कर्जा जोखिम प्रावधानको लागि १७ अर्ब १० करोड रूपैयाँ राखेका छन्।

बैंकहरूको खराब कर्जाको औसत १.५९ प्रतिशतबाट बढेर ३ प्रतिशत पुगेको छ। सात वटा वाणिज्य बैंकको यस्तो खराब कर्जा ४ देखि ५ प्रतिशतसम्म पुगेको छ।

केही वर्षअघि बैंकहरूको खराब कर्जा ५ प्रतिशत नाघ्दा लिक्विडेसनमै लैजाने गरिन्थ्यो। पछिल्लो समय भने बैंकहरूको चुक्ता पुँजीमा चार गुणासम्म वृद्धि गरिएकोले यसमा त्यस्तो नीति लिइँदैन। बैंकहरूले कुल ४३ खर्ब ८६ करोड रूपैयाँ कर्जा लगानी गरेकोमा एक खर्ब ५० अर्ब रूपैयाँ कर्जा खराब भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय