
काठमाण्डौं । दसैं लगत्तै सुनको मूल्य नयाँ उचाईमा पुगेको छ । दसैं अघिको अन्तिम कारोबार दिन प्रतितोला १ लाख १५ हजार ५०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य शुक्रबार ५०० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार शुक्रबार छापावाल सुन १ लाख १६ हजार रुपैयाँमा कारोबार भयो । यो हालसम्मकै उच्च मूल्य हो। त्यसैगरी तेजाबी सुन प्रतितोला १ लाख १४ हजार ९५० रुपैयाँमा कारोबार भयो।
इजरायल–प्यालेस्टिन द्वन्द्वको प्रभाव र अमेरिकी डलरको विनिमय दरमा भएको वृद्धिका कारण लगानीकर्ता सुरक्षित लगानीका रुपमा सुनतर्फ आकर्षित भएकाले सुनको मूल्य वृद्धिमा चाप परेको विश्लेषकहरुको भनाइ छ । भाउ बढ्ने क्रम अझै जारी रहने उनीहरुको अनुमान छ ।
सुनको मूल्य बढेपनि शुक्रबार चाँदीको मूल्य भने स्थिर रहेको छ। दशैंअघि तोलाको १ हजार ४०० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार पनि सोही मूल्यमा कारोबार भएको छ।