२०८१ चैत्र ५ मंगलवार

काठमाण्डौं । पछिल्लो समय नेपालमा मोबाइल बैंकिङ प्रयोगकर्ताको सङ्ख्या दुई करोड नाघेको छ । नेपाल राष्ट्र बैंकले जारी गरेको गत भदौं मसान्तसम्मको तथ्याङ्क हेर्ने हो भने मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या दुई करोड १९ लाख ५७ हजार ६९२ पुगेको छ। यो संख्या अघिल्लो आर्थिक वर्ष २०७८/७९ को भदौ मसान्तसम्म एक करोड ८८ लाख ८९ हजार ४३० थियो। समीक्षा वर्षमा मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या १६.२४ प्रतिशतले बढेको छ।

यसैगरी यो अवधिमा इन्टरनेट बैंकिङ प्रयोगकर्ताको संख्या पनि १०.६७ प्रतिशतले बढेर १८ लाख ८८ हजार ३४५ पुगेको छ। अघिल्लो वर्ष इन्टरनेट बैंकिङ प्रयोगकर्ताको संख्या १७ लाख ६ हजार ९१ रहेको थियो।

समीक्षा अवधिमा मोबाइल बैंकिङमार्फत दुई खर्ब ४२ अर्ब रुपैयाँ बढीको भुक्तानी भएको छ। अघिल्लो वर्ष यही अवधिमा यस्तो भुक्तानी एक खर्ब ४६ अर्ब रुपैयाँ बढीको भएको थियो। समीक्षा वर्षमा मोबाइल बैंकिङमार्फत हुने भुक्तानी अघिल्लो वर्षको तुलनामा ६५.७७ प्रतिशतले बढेको छ।

यसैगरी चालु आर्थिक वर्षको भदौ मसान्तसम्म इन्टरनेट बैंकिङमार्फत १२ अर्ब ९५ करोड रुपैयाँ बढीको भुक्तानी भएको छ। अघिल्लो वर्ष यही अवधिमा यस्तो भुक्तानी १२ अर्ब १९ करोड रुपैयाँ बढीको भएको थियो।

समीक्षा अवधिमा विभिन्न वाटेल र क्यूआरमार्फत हुने भुक्तानी क्रमशः २१ अर्ब ९ करोड रुपैयाँ र ३० अर्ब ५६ करोड रुपैयाँ बढीको भएको छ। अघिल्लो वर्ष यस्ता भुक्तानी क्रमशः १७ अर्ब ६३ करोड रुपैयाँ र १५ अर्ब २ करोड रुपैयाँ थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय