२०८१ माघ २ बुधबार

काठमाडौं । शाओमी नेपाल ग्लोबल टेक्नोलोजी लिडरले आफ्नो लेटेस्ट फ्ल्यागशीप मी ११ सिरिज सुपर पर्फमर–मी ११ एक्स प्रो र मी ११लाइटलाई लन्च गरेको छ । मी ११ एक्स प्रो आफ्नो लेटेस्ट हार्डवेयरको साथ आएको छ, जसको टप अफ द लाइन स्पेक्स र फिचर्सहरुमा ई४ १२० हट्र्जको एमोलेड डिस्प्ले, डल्बी एटमस पावर्ड डुअल स्पिकर, आईपी रेटिङ्ग र भव्य नयाँ डिजाइनहरु प्रस्तुत गरिएको छ ।

अर्कोतर्फ मी ११ लाइटले फ्ल्यागशीप लेभलको स्मार्टफोनको सबै सुविधाहरुलाई अल्ट्रा–लाइटवेट र स्टाइलिस डिजाइनमा प्याक गरेको छ, जुन हाई प्राइस बिना हाई–एन्ड स्मार्टफोन खोज्ने प्रयोगकर्ताहरुको लागि उत्तम बनेको कम्पनीको दाबी छ ।

शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले भने, “मीमा हामी उत्कृष्ट पर्फमेन्श र स्टनिंग डिजाइनका साथ क्लास टेक्नोलोजी इनोभेसन्समा सबै भन्दा राम्रो ल्याउनमा केन्द्रित छौँ जसमा कोही पनि नयाँ उत्पादनको स्वामित्व खोजिरहेका छन् । हाम्रो फ्ल्यागशीपको मी ११सिरिज–मी ११ एक्स प्रो र मी ११ लाइटको साथ हाम्रो उद्येश्य भनेको नेपालमा इन्डस्ट्रि–फस्ट क्लास–लिडिङ्ग उत्पादनहरु र प्रविधिहरु भित्राउने हो ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय