२०८१ चैत्र २ शनिबार

नेपालको निजी क्षेत्रको अग्रणी व्यावसायिक संस्था सूर्य नेपाल प्रा.लि. ले बिस्कुट उत्पादन क्षेत्रमा पनि आफुलाई बिस्तार गर्दै चकलेटले भरिपूर्ण उच्चस्तरीय कुकिज, सनफिस्ट डार्क फेन्टासी चोको फिल्सको उत्पादन तथा बिक्री वितरण आरम्भ गरेको छ । कम्पनीको यस कदमलाई नेपाली खाद्य उद्योगको क्षेत्रमा एक उल्लेखनीय कार्य मानिएको छ ।

कम्पनीले सदैव देशको प्रतिष्ठालाई समेत ध्यानमा राख्दै, अन्तर्राष्ट्रिय स्तरका गुणस्तरीय उत्पादनहरु बजारमा ल्याइरहेको जनाएको छ । उच्चकोटीका सामग्रीहरुको समिश्रणमार्फत तयार गरिने डार्क फेन्टासी चोको फिल्स चकलेटको मिठास र बटरको क्रिस्पसहितको अतुलनीय स्वादले कुकिज पारखीहरुको मन जित्ने विश्वास कम्पनीले लिएको छ ।

कम्पनीले सनफिस्ट डार्क फ्यान्टसीको ब्रान्ड एम्बेसडरको रूपमा प्रतिभाशाली अभिनेत्री शिल्पा मास्केलाई अनुबन्ध गरिएको छ । बहुप्रतिष्ठित सनफिस्ट डार्क फेन्टासी अब नेपालभरीका खुद्रा पसल तथा डिपार्टमेण्ट स्टोरहरुमा उपलब्ध छ ।

यसका दुईथरी प्याकहरु हाल बजारमा उपलब्ध रहेका छन् । जसमध्ये एउटा ७५ ग्रामको आकर्षक प्याकेट भित्र ६ वटा भिन्दाभिन्दै पाउच हुन्छन् ।
यसको मूल्य रु.९० रहेको छ । यसैगरि ३०० ग्रामको आकर्षक प्याकेट भित्र २४ वटा छुट्टाछुट्टै पाउच हुन्छन् र यसको मूल्य रु. ३५० रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय